On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

प्रदेश सभा पाँचथर (पछिल्लो अपडेट)

इगल संवाददाता (फिदिम) २३ मंसीर– पाँचथरमा प्रदेश सभा सदस्यको मतपरिणाममा पनि बाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । ४१४० मत गणना हुँदा पाँचथर क्षेत्र नम्बर एकका बाम गठबन्धनका उम्मेद्वार नेकपा एमालेका गणेश कुमार काम्बाङले २३६४ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका नरेन्द्र कुमार केरुङले १५६३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै संघीय समाजवादीका बीर्ख बहादुर वाइबाको ५२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हर्कजंग लिङदेनको ७५, नेकपा मालेका प्रियप्रकाश रिमालको ५४, एकिकृत राप्रपा राष्ट्रवादीका नेत्र प्रसाद पोख्रेलको १४, नयाँ शक्तिका खगेन्द्र लोवाको ११ र मंगोल नेशनल अर्गनाइजेशनका किरण थाम्सुहाङको ७ मत रहेको छ ।
 
त्यस्तै ४२९१ मत गणना हुँदा पाँचथर क्षेत्र नम्बर दुईमा बाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका इन्द्र बहादुर आङबोले २१२३ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका सुरेन्द्र कुमार दाहालले १६२३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै संघीय समाजवादीका एविराज आङदेम्बेले १७३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लाबाहाङ चेम्जोङले १८१, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छा बहादुर चेम्जोङले ९७, तारा र हँसिया चुनाब चिन्हमा चुनाब लडेका जनसमाजवादी पार्टी नेपालका भीम बहादुर तामाङले ८८, नयाँ शक्ति पार्टीका नगेन्द्र प्रसाद नेम्बाङको ४ र मंगोल नेशनल अर्गनाइजेशनका राम कुमार तुम्रोक २ मत रहेको छ ।
 

Public Poll

Loading...