On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

प्रतिनिधि सभा सदस्यमा पाँचथरबाट नेम्बाङ बिजयी

इगल संवाददाता (फिदिम) २३ मंसीर– प्रतिनिधि सभा सदस्यमा पाँचथरबाट बाम गठबन्धनका संयुक्त उम्मेद्वार नेकपा एमालेका वशन्त कुमार नेम्बाङ भारी मतले बिजयी भएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद भीष्मराज आङदेम्बेलाई १०६१६ मतले पछि पार्दै नेम्बाङ बिजयी भएका हुन् । 
 
पाँचथरमा बिहीबार साँझदेखि मतगणना सुरु भएको थियो । प्रारम्भिक मत परिणामबाटै नेम्बाङले अग्रता लिएका थिए । शनिबार बिहान दश बजे सार्वजनिक भएको प्रतिनिधि सभा सदस्य तर्फको अन्तिम मतपरिणाम अनुसार नेम्बाङले ३८६४१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी आङदेम्बेले २८०२५ मत प्राप्त गरेका छन् । जिल्लामा बाम र लोकतान्त्रिक गठबन्धन बीच कडा प्रतिश्पर्धा हुने अनुमान गरिएको थियो । झिनो मतान्तरले मात्र हारजीत हुने आँकलन गरिएको भए पनि बाम गठबन्धनका नेम्बाङ भारी मतान्तरका साथ बिजयी भएका हुन् । बिजयी भए सँगै नेम्बाङले चुनाबी अभियानको क्रममा जनता सँग गरेका बाचाहरुलाई इमानदारपूर्वक पूरा गर्ने बताए । 
 
प्रतिनिधि सभा सदस्य तर्फ पाँचथरमा संघीय समाजवादी फोरम नेपालका प्रेमराज लाओतीको १९९४, संघीय लिम्बुवान मञ्चका सागर केरुङको १५९३, नेकपा मालेका दिनानाथ घिमिरेको ८९०, राष्ट्रिय जनमुक्ति पार्टीको भगिरथ लिम्बूको ४१८, नयाँ शक्तिका दिल बहादुर आलोतीको १३२, राप्रपा राष्ट्रवादीका शान्तिमाया शिगुको २९५ र मंगोल नेशनल अर्गनाइजेशनका टोमराज योङहाङको १९४ मत प्राप्त आएको छ ।
 
पहिलो चरण अन्तर्गत १० मंसीरमा भएको चुनाबमा पाँचथरमा १२५२१९ मतदाता रहेकोमा ७७८०३ आर्थत ६२.१३ प्रतिशत मत खसेको थियो । पाँचथरमा ५७३१ मत भने बदर भएको छ । यसले जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको देखिएको छ । प्रतिनिधि सभा सदस्यको मत परिणाम सम्पन्न भए सँगै प्रदेश सभा सदस्यको मतपरिणाम सुरु भएको जिल्ला निर्बाचन अधिकारी ध्रुव कुमार राईले बताए । प्रदेश सभाको मतगणना सम्पन्न भए पछि मात्र समानुपातिक तर्फको मतगणना गरिने बताइएको छ । 
 
को हुन नेम्बाङ ः
बाबु देवी प्रसाद नेम्बाङ र आमा विष्णुमाया (तुम्बाहाम्फे) नेम्बाङको कोखबाट वि.सं.२०१८ साल चैत ८ गते पाँचथरको फिदिम नगरपालिका–३, माथिल्लो गाउँमा नेम्बाङको जन्म भएको हो । चार दाजुभाई मध्येका माइला छोरा नेम्बाङ १८ वर्षको तन्नेरी उमेरमै कम्युनिष्ट राजनीतिमा होमिए । वि.सं.२०३६ सालमा अखिलको प्रारम्भिक कमिटि सदस्य भएर सक्रिय राजनीति सुरु गरेका नेम्बाङ पञ्चायतकालीन कालरात्रीलाई चिर्न सक्रिय रहे । तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय कोषाध्यक्ष र उपाध्यक्ष समेत बनेका नेम्बाङ अहिले एमाले केन्द्रको उर्जा विभाग सचिव छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको बेला प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत बनेका नेम्बाङले कानुनमा बिएल सम्मको औपचारिक शिक्षा हाँसिल गरेका छन् । जिल्लामा बिद्युतीकरण गर्न बिशेष योगदान दिएका नेम्बाङ सँग पाँचथरे जनताले जिल्लाको समृद्धिको अपेक्षा गरेका छन् । 
 
नेम्बाङको चुनाबी यात्रा ः
प्रजातन्त्र पुनस्र्थापना सँगै वि.सं.२०४८ सालदेखि सांसदको चुनाबी यात्रा सुरु गरेका नेम्बाङले यो सहित चार वटा निर्बाचन लडे । चार पल्टको चुनाबी प्रतिश्पर्धामा नेम्बाङले एक पटक मात्र हार ब्यहोरे । नेम्बाङ पहिलोपल्ट वि.सं.२०४८ सालको आम निर्बाचनमा तत्कालीन पाँचथर क्षेत्र नम्बर एकबाट चुनाब लडेका थिए । उक्त निर्बाचनमा नेम्बाङले निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका दीपक प्रकाश बाँस्कोटालाई २७७ मतले पराजीत गरेका थिए । वि.सं.२०५१ सालको मध्यावधि निर्बाचनमा भने नेम्बाङ काँग्रेसकै बाँस्कोटा सँग ९६० मतले पराजीत बने । तर उनले वि.सं.२०५६ सालको आम निर्बाचनमा उक्त हारको बदला लिए । उक्त चुनाबमा नेम्बाङ सँग काँग्रेसका बाँस्कोटा २४९८ मतले पराजीत भए । त्यसपछि सम्पन्न पहिलो र दोस्रो संविधान सभाको निर्बाचनमा दुबै पल्ट टिकट नपाएका नेम्बाङले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्बाचनमा भने प्रतिनिधि सभा सदस्यका लागि बाम गठबन्धनको साझा उम्मेद्वारको रुपमा टिकट पाएका हुन् ।
 

Public Poll

Loading...