On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

पाँचथरमा वाम गठबन्धनको अग्रता कायमै

इगल संवाददाता (फिदिम) २२ मंसीर– प्रतिनिधि सभा सदस्य तर्फ पाँचथरमा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेकपा एमालेका वशन्त कुमार नेम्बाङले अग्रता कायमै राखेका छन् । १९८५८ मत गणना हुँदा लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेपाली काँग्रेसका भीष्मराज आङदेम्बेलाई २४३१ मतले पछि पार्दै नेम्बाङले अग्रता फराकिलो बनाउँदै लगेका हुन् । नेम्बाङले ९६८२ मत प्राप्त गर्दा आङदेम्बेले ७२५१ मत प्राप्त गरेका छन् । त्यस्तै त्यस्तै संघीय समाजवादी फोरम नेपालका प्रेमराज आलोतीले ३७७, संघीय लिम्बुवान मञ्च नेपालका सागर केरुङले ४०५, नेकपा मालेका दिनानाथ घिमिरेले २७८, राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बूले २०७, एकिकृत राष्ट्रिय प्रजातन्त्र पाटी (राष्ट्रवादी) का शान्तिमाया शिगु लिम्बूले ५४, नयाँ शक्ति पार्टीका दिल बहादुर लाओतीले ३१ र मंगोल नेशनल अर्गनाइजेशनका टोमराज थाम्सुहाङले १० मत प्राप्त गरेका छन् । गनिएको १९५८ मतमा १५६३ मत बदर भएको छ । 

Public Poll

Loading...