On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

सिवामा पनि मनाइयो चासोक तङनाम

 
इगल संवाददाता (सिवा) १८ मंसीर– जिल्लाको फिदिम नगरपालिका–६, सिवामा चासोक तङनाम भब्य रुपले मनाइएको छ । पापोहाङ तुम्रोक वंश उत्थान संघ केन्द्रीय कार्य समितिको आयोजनामा तङ्नाम मनाइएको हो ।  
 
नयाँ पाकेको अन्नलाई बिधिपूर्वक प्रकृति र माङ (देवता) लाई चढाइ कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि फिदिम नगरपालिका–६, का वडा अध्यक्ष जहरमान तुम्रोकले चासोक तङ्नामको अवशरमा शुभकामना ब्यक्त गर्दै यो पर्वलाई आगामी दिनमा अझ ब्यापक रुपले उत्सवको रुपमा मनाउँनुपर्ने बताउँनुभयो । त्यस्तै कार्यक्रमका बिशेष अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरका सचिव सन्देश सुब्बाले राज्यले आदिवासी जनजातिहरुको चाँडपर्वलाई अन्य चाँडपर्व सरह महत्व नदिएको उल्लेख गर्दै सम्पूर्ण चाँडपर्व राष्ट्रको सम्पति भएकाले चासोक तगायत अन्य जातजातिका चाँडपर्वहरुलाई पनि राज्यले समान ब्यवहार गर्नुपर्ने बताउँनुभयो । 
कार्यक्रममा हिंहदेवी आधारभूत बिद्यालय फिनपा–६, का प्रधानाध्यापक कमल आचार्य, पापोहाङ तुम्रोक वंश उत्थान संघका पूर्व अध्यक्ष हरिलाल तुम्रोक, वडा सदस्य द्धय देवीचन्द्र पोर्तेल, मनिता केरुङ, नेकपा एमालेका धन कुमार सारु, माओवादी केन्द्रका सन्दिप तुम्रोक, संघीय समाजवादी फोरमका असिम तुम्रोक लगायतले पनि शुभकामना मन्तब्य राख्नुभएको संघका महासचिव गणेश तुम्रोकले बताउँनुभयो । कार्यक्रममा स्थानीय कलाकारहरुले केःलाङ् (च्याब्रुङ नाच) र नृत्य प्रस्तुत गरेका थिए ।
 
सोही अवशरमा गत कार्तिक ६ गते आगलागि भई घरबार बीहिन बन्नुभएका सोही ठाउँका याक्लाहाङ तुम्रोक र सुभला तुम्रोकको परिवारलाई संघले जनही पाँच–पाँच हजार रुपैंयाँ राहत प्रदान गरेको छ । त्यस्तै पीडित परिवारलाई सोही कार्यक्रममा फिदिम नगरपालिका–६, का महिला वडा सदस्य मनिता केरुङको सक्रियतामा संकलन भएको ४५ सय ५०, एमाले वडा कमिटिबाट पाँच–पाँच सय, तुम्रोक वंश उत्थान संघका केन्द्रीय सचिव इन्द्र कुमार तुम्रोक चैतन्यबाट पाँच–पाँच सय, समाजसेवी जगत तुम्रोकबाट पाँच–पाँच सय र स्वास्थ्य चौकि सिवामा कार्यरत अनमी हेमन्ता नेम्बाङबाट समेत पाँच–पाँच सय रुपैंयाँ राहत वितरण गरिएको कार्यक्रम संयोजक तेजु तुम्रोकले बताउँनुभयो । सो कार्यक्रम पापोहाङ तुम्रोक वंश उत्थान संघका अध्यक्ष खगेन्द्र तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

Public Poll

Loading...