On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

नवौं रुस्लान फाल्गुनन्द गोल्डकप पुष सात देखि

इगल संबाददाता (पाँचथर) १२ मंसीर– राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको नाममा आयोजना हुँदै आएको फुटवल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको नवौं संस्करण आगामी पुष सात गतेदेखि सुरु हुने भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लवले मंगलबार फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नवौं संस्करण एन्फाले प्रकाशित गरेको क्यालेन्डर अनुसार पुष सात देखि १६ गतेसम्म सञ्चालन हुने जनाएको छ । 
 
यसपल्टदेखि रुस्लानले मूख्य प्रायोजन गर्ने सम्झौता भए अनुसार प्रतियोगितालाई ‘नवौं रुस्लान फाल्गुनन्द गोल्डकप’ नाम दिइएको आयोजक संस्थाका अध्यक्ष बिमल कुमार श्रेष्ठले बताए । प्रतियोगिताको पुरस्कार राशी समेत बढाएर यसपल्ट उपाधि बिजेतालाई तीन लाख र उप बिजेतलाई दुई लाख पु¥याइएको बताइएको छ । त्यस्तै हरेक खेलको म्यान अफ दि म्याचलाई दश हजार र प्रतियोगिताको उत्कृष्ठ खेलाडिलाई एउटा मोटरसाइकल दिइने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिता सञ्चालनका लागि ३८ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ । 
 
प्रतियोगिताको उपाधिका लागि यसपल्ट आयोजक फिदिम स्पोर्टिङ क्लव सँगै डिफेन्डिङ च्याम्पियन बिर्ता युनाइटेड झापा, कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङ, मोरङ ११ र लसुनसरी ११ ले प्रतिश्पर्धा गर्नेछन् । त्यस्तै रुपन्देही ११, एपिएफ काठमाण्डौं, हिमालयन शेर्पा क्लव, डिभाइन ब्वाइज युनियन काठमाण्डौं र सिक्किम फुटवल क्लवले पनि प्रतियोगिताको उपाधिका लागि प्रतिश्पर्धा गर्ने आयोजक संस्थाका महासचिव पाशाङ तामाङले बताए ।

Public Poll

Loading...