On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

इगल एफएम आठौं वर्षमा प्रवेश

इगल संवाददाता । फिदिम । १६ कार्तिक
याक्थुङहाङ मिडिया प्रा.लि.द्धारा सञ्चालित इगल एफएम ९९.४ मेगाहर्ज आज (बिहीबार) देखि सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । सो अवशरमा रेडियोले बिहीबार बिहान शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ । 
 
फिदिम स्थित पाँचथर उद्योग वाणिज्य संघको सभाहलमा जिल्लास्थित जनप्रतिनिधि साथै कार्यालय, सुरक्षा निकाय, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागितामा आठौं बार्षिक उत्सव मनाइएको स्टेशन म्यानेजर जीतेन्द्र भण्डारीले बताउँनुभयो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको आसनबाट जिल्ला समन्वय समिति पाँचथरका प्रमुख बिष्णु प्रसाद सापकोटा (बिमल) ले केक काटेर तथा दीप प्रज्वलन गरेर गर्नुभएको थियो । 
 
कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर जीतेन्द्र भण्डारीले रेडियोको हालसम्मको गतिविधि र भावि कार्ययोजनाको बिषयमा जानकारी गराउँदै स्वागत मन्तब्य राख्नुभएको थियो । सो अवशरमा रेडियोका पूर्व कर्मचारी, हाल कार्यरत इमानदार कर्मचारी र उत्कृष्ठ रिपोर्टरहरुलाई कदर पत्र र प्रशंसा पत्र समेत वितरण बितरण गरिएको थियो ।
 
रेडियोका पूर्व बजार ब्यवस्थापक खबिन लुइटेल, पूर्व कार्यक्रम शाखा प्रमुख सोनिका मुकारुङ, पूर्व प्राविधिक शाखा प्रमुख हिमाल कटुवाल, पूर्व प्राविधिक दिपेश आङदेम्बे, पूर्व कार्यक्रम प्रस्तोता संगीता सुहाङ र पूर्व समाचार वाचक अम्बिका पोर्तेललाई बिगतमा रेडियोको उन्नतिमा पु¥याउँनुभएको योगदानको कदर गर्दै कदर पत्र वितरण गरिएको हो । त्यस्तै रेडियोका समाचार शाखा प्रमुख सन्देश सुब्बा, कार्यक्रम शाखा प्रमुख बिन्दु महिमा, प्राविधिक शाखा प्रमुख उपेन्द्र एक्तेन, लेखापाल दुर्गा खनाल र कार्यक्रम प्रस्तोता तथा प्राविधिक चन्द्र लिबाङलाई उत्कृष्ठ काम गरेको भन्दै प्रशंसा पत्र वितरण गरिएको हो । 
 
यसै गरी उत्कृष्ठ वर्ष रिपोर्टरको रुपमा रेडियोका तेह्रथुम संबाददाता कृष्ण बिदुखी गौतम, पाँचथरको कुम्मायक गाउँपालिका संबाददाता रमेश थापा र फाल्गुनन्द गाउँपालिका संबाददाता दीपक दुलाललाई प्रशंसा पत्र वितरण गरिएको हो ।
 
कार्यक्रममा प्रमुख अतिथि सापकोटा सँगै बिशेष अतिथि फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ, बिशेष अतिथि पाँचथरका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, नेपाली काँग्रेश पाँचथरका सदस्य धन बहादुर सुन्दास, नेकपा माओवादी केन्द्रका पाँचथर जिल्ला सह इन्चार्ज बिषाल रसाइली, संघीय समाजवादी फोरम नेपालका लिम्बुवान प्रादेशिक समिति सदस्य सजिव योङया, राप्रपाका जिल्ला उपाध्यक्ष हरि प्रकाश सुवेदी, संघीय लिम्बुवान मञ्च नेपाल पाँचथरका कार्यबाहक अध्यक्ष दीपक खनाल र संघीय लिम्बुवान पार्टी नेपालका जिल्ला अध्यक्ष कमलराज नेम्बाङले शुभकामना मन्तब्य राख्नुभएको थियो । 
 
त्यस्तै नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरका अध्यक्ष गणेश साम्पाङ, पाँचथर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद ढकाल, फोकोफन पाँचथरका अध्यक्ष देवी प्रसाद अधिकारी, मित्तेरी एफएम सञ्चालक समितिका अध्यक्ष लक्ष्मी गौतम र मेची पोष्ट दैनिकका प्रकाशक लेखनाथ खतिवडाले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो । 
 
कार्यक्रम याक्थुङहाङ मिडिया प्रालिका उपाध्यक्ष हस्त बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । उपाध्यक्ष तामाङले रेडियोले हालसम्म जिल्लाको अग्रणी बिद्युतीय सञ्चार संस्थाको रुपमा रहेर स्रोतालाई सूचना, जानकारी र मनोरञ्जन प्रदान गरिरहेको र आगामी दिनमा यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउँने बताउँनुभयो ।
 
पाँचथर सदरमुकाम फिदिम बजारबाट प्रशारण हुँदै आएको रेडियोले हरेक दिन १८ घन्टा सूचना, जानकारी र मनोरञ्जन प्रदान गर्दै आएको याक्थुङहाङ मिडिया प्रा.लि.का अध्यक्ष तेज कुमार कुरुम्बाङले बताउँनुभएको छ । इगल एफएम ९९.४ मेगाहर्जमा पूर्वाञ्चलका विभिन्न भू–भागहरुमा र धधध।भबनभिाm।अयm।लउ मार्फत संसारभर सुन्न सकिन्छ । यसअघि फिदिम स्थित स्टेशनमै रहेको टावरबाट प्रशारण हुँदै आएको यस रेडियोले केही समय अघिदेखि भने फिदिम नगरपालिका २ स्थित रमिते डाडाँमा अप्लिङ्क गराई नियमित प्रशारण गर्दै आएको छ । 
 

Public Poll

Loading...