On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

साहित्यिक संस्थाले ग¥यो विद्यालयमा अक्षयकोष स्थापना

दीपक दुलाल । नवमीडाँडा । ७ कार्तिक
पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, सुर्केनागीमा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयमा स्थानीय साहित्यिक संस्थाले २१ हजार रुपंैयाँको अक्षयकोष स्थापना गरिदिएको छ ।
 
उक्त विद्यालयमा प्रत्येक वर्ष एसइइ परिक्षामा उत्कृष्ठ हुने एक छात्र र एक छात्रालाई अक्षयकोषको ब्याजबाट पुरस्कृत गर्ने गरी नवमीडाँडा साहित्य मञ्चले अक्षयकोष स्थापना गरिदिएको हो । २०६६ सालमा साविक नवमीडाँडा गाविसका सिर्जनशील यूवाहरुले स्थापना गरेको नवमीडाँडा साहित्य मञ्चले केही समय त्रैमासिक रुपमा कुमुदिनी साहित्यीक पत्रिका समेत प्रकाशन गरेको थियो ।
 
प्राविधिक कारणले पत्रिकाले निरन्तरता पाउँन नसकेपछि आफूहरुले सावाँ अक्षर छिचोलेको विद्यालयमा संस्थामा रहेको रकमबाट अक्षयकोष स्थापना गरिदिएको नवमीडाँडा साहित्य मञ्चका अध्यक्ष राज दिलाञ्जलीले बताउँनुभयो । विद्यालयमा मंगलबार कार्यक्रमका आयोजना गरी  कुमुदिनी पत्रिकाका संयोजक महेन्द्र सुवारले २१ हजार रुपैंयाँको अक्षयकोष विद्यालयका प्रधानाध्यापक जनार्दन दुलाललाई हस्तान्तरण गर्नुभयो ।
 
नवमीडाँडा साहित्य मञ्चका पदाधिकारीहरुको उपस्थिती रकेको कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष यज्ञ प्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
 

Public Poll

Loading...