On Air :Sajha Sawal BBC
Up Next :Mero Niyatra

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

फालेलुङ–३, नाम्लुवा भञ्ज्याङका पहीरो पीडितलाई संघीय लिम्बुवान मञ्च द्धारा राहत वितरण

इगल संवाददाता । फालेलुङ । २१ असोज
पाँचथरको फालेलुङ गाउँपालिका–३, नाम्लुवा भञ्ज्याङका पहीरो पीडित तीन परिवारलाई संघीय लिम्बुवान मञ्च नेपालले आज राहत वितरण गरेको छ । 
 
गत साउन २७ गते अविरल वर्षा सँगै आएको पहीरोबाट पीडित तिलोचन विक, प्रिया राई र गंगा राईको परिवारलाई मञ्चले राहत वितरण गरेको हो । पीडित तिलोचन र प्रीयाको परिवारलाई नगद चार–चार हजार त्यस्तै गंगाको परिवारलाई नगद पाँच हजार पाँच सय रुपैंयाँ राहत स्वरुप प्रदान गरिएको संघीय लिम्बुवान मञ्च पाँचथरका अध्यक्ष सागर केरुङले बताउँनुभयो । 
 
उक्त राहत वितरण कार्यक्रममा फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्च कुमार केरुङ, नेकपा एमालेका नेता थिरबहादुर माङ्मु, माओवादी केन्द्रका नेता कुमार अधिकारी, ईलाका प्रहरी कार्यालय मेमेङका इन्चार्ज भुपेन्द्र खड्का र किरात याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष नरेन्द्रराज केरुङ लगायतको सहभागिता रहेको थियो । 
 
कार्यक्रम संघीय लिम्बुवान मञ्चका फालेलुङ गाउँपालिका अध्यक्ष सूर्यमान केरुङको अध्यक्षतामा सम्पन्न भएको मञ्चका जिल्ला सदस्य सुजन आङबोले जानकारी दिनुभयो । उक्त राहत रकम संघीय लिम्बुवान सामाजिक मञ्च बहराइनले संकलन गरी पठाएको हो ।
 

Public Poll

Loading...