On Air :Songs+Add
Up Next :Eagle News

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

फालेलुङका पहीरो पीडित पाँच परिवारलाई लिम्बुवान र कियाचुको सहयोग

इगल संवाददाता । पाँचथर । १२ असोज 
गत साउन २८ गते गएको पहीरोबाट पीडित पाँचथरको फालेलुङ गाउँपालिका–१, का तिलोचन विक वडा नम्बर ८ का मनराम केरुङ, र वडा नम्बर ३ का बिश्वभक्त राई, प्रीया राई र गंगा राईको परिवारलाई बुधबार राहत वितरण गरिएको छ ।
 
उहाँहरुलाई संघीय लिम्बुवान सामाजिक मञ्च ईजरायल र किरात याक्थुङ चुम्लुङ ईजरायलको संयुक्त पहलमा संकलन गरिएको राहत रकम वितरण गरिएको हो । उहाँहरु सबैलाई आठ हजार दुई सयका दरले राहत वितरण गरिएको हो । चुम्लुङका केन्द्रीय सचिव निरन्ती तुम्बापो, संघीय लिम्बुवान मञ्च नेपालका जिल्ला अध्यक्ष सागर केरुङ, चुम्लुङ पान्थरका अध्यक्ष नरेन्द्रराज केरुङ, सचिव सुरेन शिशिर केरुङ, चुम्लुङका विशिष्ठ संरक्षक सदस्य कमल जबेगु लगायतको टोलिले उक्त राहत रकम वितरण गरेको हो ।
 
उक्त राहत वितरण कार्यक्रम किरात याक्थुङ चुम्लुङ गाउँ शाखा एकतिनका अध्यक्ष कविहाङ आङ्थुपोको अध्यक्षतामा सम्पन्न भएको टोलिमा संलग्न सागर केरुङले बताउँनुभएको छ ।
 

Public Poll

Loading...