On Air :Nepal Darpan (News) UNN
Up Next :Songs+Add

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान

इगल सम्बाददाता । पाँचथर । २३ भदौ
भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताका लागि इन्सेक पाँचथरले आज हस्ताक्षर संकलन गरेको छ । सदरमुकाम फिदिमको मुटु मानिने गणतन्त्र चोकमा हस्ताक्षर संकलन गरिएको हो । 
 
‘म सबैखाले भ्रष्टारको विरोध गर्दै सदाचारप्रति प्रतिबद्ध रहनेछु’ लेखिएको फ्लास बोर्डमा राजनीतिकर्मी, नागरिक समाज, संघ–संस्थाका प्रतिनिधि, कर्मचारी, पत्रकार र सर्वसाधरणले हस्ताक्षर गरेका थिए । उक्त फ्लास वोर्ड इन्सेक पाँचथर प्रतिनिधि मंगल बेघाको नेतृत्वमा गएको टोलीले जिल्ला समन्वय समितिका प्रमुख बिमल सापकोटालाई बुझाएको थियो । 
 
फ्लास वोर्ड बुझ्दै प्रमुख सापकोटाले जिल्लाका आठ वटै स्थानीय तहमा यसबारे जानकारी गराउँने र सबै किसिमका भ्रष्टाचारलाई निरुत्साहित गर्न आफू क्रियाशील रहने प्रतिबद्धता ब्यक्त गरे । उक्त फ्लास बोर्डमा प्रमुख सापकोटाले पनि हस्ताक्षर गरे । 
 
इन्सेकको राष्ट्रिय हस्ताक्षर अभियान अन्तर्गत पाँचथरमा हस्ताक्षर संकलन गरिएको इन्सेक प्रतिनिधि बेघाले जानकारी दिए ।
 

Public Poll

Loading...