On Air :Sajha Sawal BBC
Up Next :Mero Niyatra

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

फक्ताङलुङ आइडल–२ का लागि पाँचथरबाट १९ जना छनौंट

सन्देश सुब्बा । पाँचथर । १६ भदौ
फक्ताङलुङ सयङले आयोजना गरेको लिम्बू गीत गायन प्रतियोगिता फक्ताङलुङ आइडल सेक्फुङ–२, को दोस्रो चरणको अडिशनका लागि पाँचथरबाट १९ प्रतिश्पर्धि छानिएका छन् । बिहीबार साँझ फिदिममा सम्पन्न अडिशनबाट २८ प्रतिश्पर्धीमध्ये दोस्रो चरणको लागि १९ जना छानिएको सयङका अध्यक्ष भवानी बिक्रम सम्बाहाम्फेले बताए ।
 
 
दोस्रो चरणको लागि पाँचथरबाट छानिने प्रतिश्पर्धीहरुमा विष्णु कुमार श्रेष्ठ, काजिमान माबो, फूलमाया लोवा, मन कुमार केरुङ, मनिमन्त्र सावादेन, धनमाया इजम, तिर्सना नेम्बाङ, युवेश सुहाङ, पेमहाङ लिम्बू, लोकेन्द्र लिम्बू रहेका छन् । त्यस्तै हेमराज लिम्बू, मिजिरा सम्बाहाम्फे, नुफुङ्वा तुम्बापो, डिगम कुरुम्बाङ, प्रत्युश कुरुम्बाङ, ललिता सावादेन, रञ्जित लिम्बू, खड्क केरुङ र विश्व कुमार तुम्बापो पनि दोस्रो चरणको अडिशनका लागि छनौंट भएका छन् ।
 
 
फिदिम स्थित होटल सरगमको सभाहलमा सम्पन्न अडिशनमा लिम्बू गीतकार तथा लिम्बू गीत–संगीतका जानकार यासेली योङहाङ, संगीतकार बुद्धराज लिम्बू र लिम्बू गीतकार सागर केरुङले निर्णायकको रुपमा रहेका थिए । अडिशनमा सहभागि सबैलाई एउटा अहिले चलिरहेको लिम्बू गीत र पालाम, ख्याली, हाक्पारे लगायत लिम्बू छन्द तथा लोकलयमध्ये कुनै एउटा गीत गाउँन लगाइएको थियो ।
 
 
आइडलको लागि यसअघि काठमाण्डौं, भक्तपुर र ललितपुरबाट १२ र ताप्लेजुङबाट आठ प्रतिश्पर्धी दोस्रो चरणको लागि छनौंट भइसकेको आयोजक संस्थाका महासचिव कञ्चन थलङले बताए । अब इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र तेह्रथुम जिल्लामा पहिलो चरणको अडिशन सम्पन्न गरे पश्चात दोस्रो चरणको अडिशन धरानमा गरिने थलङले बताए ।
 
 
आगामी चासोक तङनामका काठमान्डौंमा हुने प्रतियोगिताको फाइनल अडिशनबाट प्रथम हुनेलाई नगद एक लाख, तीन वटा गीत रेकर्ड साथै एउटा विदेश भ्रमणको अवशर प्रदान गरिनेछ । त्यस्तै द्धितिय हुनेलाई नगद ५० हजार र त्रितिय हुनेलाई नगद २५ हजार प्रदान गरिने बताइएको छ । फक्ताङलुङ सयङले मौलिक लिम्बू गीत–संगीतको संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । 
 

Public Poll

Loading...