On Air :Nepal Darpan (News) UNN
Up Next :Songs+Add

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

समस्या झेल्दै कुषक

सन्देश सुब्बा । पाँचथर । २२ साउन
सरकारले कृषिलाई आधुनिकिकरण गर्ने नीति लिए पनि कृषक भने अनेकौं समस्याको सामना गर्न बाध्य रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । डेनमार्क सरकारको सहयोग तथा आइएलओ सँगको सहकार्यमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले हालै धनकुटामा गरेको कृषकका समस्या सम्बन्धि सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागि कृषकले यस्तो गुनासो गरेका हुन् ।
 
धनकुटाको हिलेमा आयोजित कार्यक्रममा सहभागि चिया, अलैंची, अदुवा र दुग्ध उत्पादक कृषकले राज्यले सहयोग नगर्दा बर्षौंदेखि समस्या झेल्नु परेको गुनासो गरेका हुन् । धनकुटाको पाख्रिबासमै कृषि अनुसन्धान परिषद रहे पनि कार्यालयबाट प्रभावकारी सेवा प्राप्त गर्न नसकेको पाख्रिबासका अलैंची कृषक सुरेन्द्र मानान्धरले बताए । पहिले आफूले वार्षिक ३० मन अलैंची उत्पादन गर्ने गरेको तर रोग–किराले बोट नै मारिदिएपछि अहिले मुस्किलले दश मन उत्पादन गर्ने गरेको मानान्धरले बताए । 
 
उनका अनुसार मज्जाले फल दिइरहेकोे अलैंचीको बोट आफैं कालो हुने र बिस्तारै सुक्दै जाने समस्याबाट धनकुटाका अलैंची कृषक आजित बनेका छन् । कृषि प्राविधिकलाई पटक–पटक देखाएर समाधानको उपाय खोजे पनि सम्भव नभएको पाख्रिबासकै अर्का अलैंची कृषक दिल बहादुर तामाङले बताए । केही वर्ष अघिदेखि अलैंचीले सोचे जस्तो मूल्य नपाए पनि आफूहरुलाई फाइदै रहेको तर बोट नै सखाप हुने क्रम नरोकिंदा आफूहरु निकै दुःखी भएको तामाङको भनाई छ ।
 
अलैंची मात्र होइन धनकुटाका चिया, अदुवा र दुग्धजन्य उत्पादक कृषकहरुको पनि पिरलो उस्तै छ । चिया उत्पादक सहकारी संघ धनकुटाका अध्यक्ष इन्द्र सारु मगरले चिया प्रशोधनका लागि फ्याक्ट्रिमा दक्ष प्राविधिक नहुँनु र चियाको मूल्य निर्धारणमा कृषकको पहुँच नपुग्दा कृषकले उचित मूल्य पाउँन नसकेको बताए । ‘विश्वका धेरै ठाउँमा चिया सम्बन्धि अध्ययन–अध्यापन हुन्छ तर हाम्रोमा छैन’ उनले भने । केही वर्ष अघि झापामा यस सम्बन्धि अध्यापन गराउँने क्याम्पस खोलिए पनि महंगो शुल्कका कारण गरीब कृषकका छोराछोरीले चाहेर पनि अध्ययन गर्न नसकेको सारुले बताए । हाल त्यो क्याम्पस नै बन्द रहेको उनको भनाई छ । सारुले राष्ट्रिय चिया नीति २०५८ नै परिवर्तन गर्नुपर्ने उल्लेख गरे । साना किसानले कम्तिमा पनि तीन सय ५० रोपनी क्षेत्रफलमा खेती गर्नुपर्ने नीतिमा उल्लेख भएकाले साना चिया कृषक मारमा परेको सारुको भनाई थियो ।
 
त्यस्तै धनकुटा सिधुवाका दुग्ध उत्पादक कृषक प्रेम ढकालले गाईभैंसीलाई खुवाउँने आहाराको मूल्य दिनप्रतिदिन बृद्धि भइरहँदा पनि दुधको मूल्य भने तीन वर्षदेखि यथावत रहँदा मर्का सहनु परेको बताए । सोही ठाउँका कृषक दल बहादुर थापाले पनि राज्यको आँखा आफूहरु सम्म पुग्न नसकेको गुनासो गरे । यता अदुवा कृषक धनपा–३, स्याउलेका मेघ बहादुर राईले पनि उस्तै खालको गुनासो सुनाए । अदुवाको मूल्य स्थीर नहुनु र अदुवा खेती प्रबद्र्धनका लागि राज्यले अनुदान नदिंदा खेती नै परिवर्तन गर्नुपर्ने अवस्था आएको राईले दुखेको पोखे । 
 
कार्यक्रममा कृषकको समस्या प्रति राज्य गम्भिर रहेको उल्लेख गर्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले कृषकको समस्यालाई समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै फोनिजका अध्यक्ष दण्ड गुरुङले  किसानहरु द्वारा उत्पादित कृषि उपज अलैंचि, चिया, दुग्ध र अदुवाको विक्री वितरण, व्यावसायिक प्रवद्र्धनका निम्ति जवाफदेवी र जिम्मेवार व्यापार व्यावसाय व्यावसायिक सुशासनबारे वकालत गर्न कार्यक्रमको आयोजना गरिएको बताए । गुरुङले यस्ता समस्याहरु राज्य वा कृषकको एकल प्रयासले मात्र समाधान नहुने भएकाले सञ्चार क्षेत्रले पुलको काम गरी समाधानको उपाय खोजिनुपर्नेमा जोड दिए । जसले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउँने गुरुङको भनाइ थियो ।
 
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय महासचिव गजुरधन राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा एसीएफ परियोजना संयोजक गंगादेवी गुरुङ, फोनिजका उपाध्यक्ष भैरव आङ्ला, पूर्वाञ्चल संयोजक शाहीमान राई र पूर्वका विभिन्न सात जिल्लाका पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।
 
फोटो– सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्नो समस्या राख्दै एक कृषक । तस्विर ः सन्देश सुब्बा
 

Public Poll

Loading...