On Air :Kaya Kairan News
Up Next :Swdesgan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

पाँचथरको आठै तहको अन्तिम मतपरिणाम सार्वजनिक

सन्देश सुब्बा । पाँचथर । १९ असार 
एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरको सबै तहको मतपरिणाम आइसकेको छ । दोस्रो चरणको स्थानीय तह निर्बाचनमा पाँचथरको चार तहमा काँग्रेस, तीन तहमा एमाले र एक तहमा माओवादी केन्द्र बिजयी भएका छन् ।
 
मूख्य निर्बाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार पाँचथरकै एक मात्र फिदिम नगरपालिकामा नेपाली काँग्रेसले जीत निकालेको छ । मेयरमा ओनाहाङ नेम्बाङले ६ हजार ९ सय ६ र उपमेयरमा उर्मिला प्रधान श्रेष्ठले ६ हजार ५ सय १८ मत ल्याएर बिजयी बनेका छन् ।
 
याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार बिजयी बनेका छन् । अध्यक्षमा लेखनाथ घिमिरे ३ हजार ७ सय ४८  र उपाध्यक्षमा कमला योङहाङ ३ हजार ५ सय ७६ मत ल्याएर बिजयी बनेका हुन् ।
 
हिलिहाङ गाउँपालिकामा पनि नेकपा एमालेकै उम्मेद्वार बिजयी बनेका छन् । अध्यक्षमा भवानी प्रसाद लिङदेन ४ हजार १ सय ६९ मत र उपाध्यक्षमा सुमित्रा सेडाइ ४ हजार २ सय ५५ मत ल्याएर बिजयी बनेका हुन् ।
 
फालेलुङ गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेद्वाले बिजय प्राप्त गरे । अध्यक्षमा सञ्चकुमार केरूङ २ हजार ९ सय ९६ र उपाध्यक्षमा हिमादेवी अधिकारी २ हजार ९ सय ८१ मत ल्याएर बिजयी बनेका हुन् ।
 
फाल्गुनन्द गाउँपालिका पनि काँग्रेसकै उम्मेद्वार बिजयी बने । अध्यक्षमा अमर कुमार नेम्बाङ ४ हजार १ सय ६३ र उपाध्यक्षमा देवित्रा आङदेम्बे ३ हजार ९ सय ५३ मतकासाथ बिजयी बनेका हुन् ।
 
कुम्मायक गाउँपालिका नेकपा एमालेका उम्मेद्वार बिजयी बनेका छन् । अध्यक्षमा जयबहादुर चेम्जोङ ३ हजार २ सय २६ र उपाध्यक्ष सीता आचार्य ३हजार २ सय ८५ मत ल्याएर बिजयी बनेका हुन् ।
 
तुम्बेवा गाउँपालिका मिश्रित परिणाम आएको छ । त्यहाँ काँग्रेस–राप्रपा गठबन्धनबाट काँग्रेसका होमनाथ थापाले २ हजार ३ सय ५० मत ल्याएर बिजयी बनेका छन् । उपाध्यक्षमा भने माओवादी केन्द्र–एमाले गठबन्धनबाट एमालेका धनप्रसाद साँवाले १ हजार ९ सय ६४ मत ल्याएर बिजयी भएका छन् ।
 
मिक्लाजुङ गाउँपालिका भने माओवादी केन्द्रका अमरराज माखिम अध्यक्षमा निर्बाचित भएका छन् । उनले ३ हजार ७ सय ६२ मत प्राप्त गरे । उपाध्यक्षमा भने नेकपा एमालेकी उर्मिला राई ३ हजार ५ सय ६ मत ल्याएर बिजयी बने ।
 
 
 

Public Poll

Loading...