On Air :Songs+Add
Up Next :Eagle News

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

फिदिम नगरमा काँग्रेस बिजयी, कुन गाउँपालिकामा को बिजयी ?

सन्देश सुब्बा । पाँचथर । १८ असार
प्रमुख दलहरुले प्रतिष्ठाको बिषयको रुपमा लिएको पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेद्वार बिजयी भएका छन् । 
 
आइतबार साँझ आएको मत परिणाम अनुसार काँग्रेसका मेयर पदका उम्मेद्वार ओनाहाङ नेम्बाङले ६९०६ र उपमेयर पदका उम्मेद्वार उर्मिला प्रधान श्रेष्ठले ६५१८ मत ल्याएर बिजय हाँसिल गर्नुभएको हो । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका मेयर पदका उम्मेद्वार राज कुमार भण्डारीले ५४९९ र उमपेयर पदका उम्मेद्वार मुना नेम्बाङले ५८५० मत प्राप्त गर्नुभएको छ ।
 
त्यस्तै माओवादी केन्द्रका मेयरका उम्मेद्वार राधाकृष्ण न्यौपानेले ३८८३, उपमेयर पदकी उम्मेद्वार रमुना लकान्द्री नेम्बाङले ३५३६, राप्रपाका मेयर पदका उम्मेद्वार देवी शिवाकोटीले ११३, उपमेयरका उम्मेद्वार टिकाहाङ जवेगुले ११३, संघीय समाजवादी फोरम नेपालका मेयर पदका उम्मेद्वार बिष्णु कुमार लाओतीले २६४, उपमेयर पदकी उम्मेद्वार भावना लिम्बूले २६० मत प्राप्त गर्नुभएको छ ।
 
मालेले मेयरमा ४६, उपमेयरमा ७८, लिम्बुवानले मेयरमा ११८, उपमेयरमा १३७ र फोरम लोकतान्त्रिकले मेयरमा १५ र उपमेयरमा १० मत प्राप्त गरेका छन् ।
 
कुन गाउँपालिकामा को बिजयी ?
पाँचथरको ७ गाउँपालिकामध्ये ६ को मतपरिणाम आयो । जसमध्ये काँग्रेसले ३, एमाले २ र माओवादी केन्द्र १ प्रमुखमा विजयी । याङवरक गाउँपालिकाको मतपरिणाम पनि आजै आउँने । जसमध्ये अहिलेसम्म नेपाली काँग्रेसले ३ प्रमुख, नेकपा एमालेले २ प्रमुख र नेकपा माओवादी केन्द्रले १ प्रमुखमा विजय प्राप्त गरेको छ । त्यसैगरी नेपाली काँग्रेसले २ उपप्रमुख र नेकपा एमालेले ४ उपप्रमुखमा विजय प्राप्त गरेको छ । दुई तहमा नेकपा एमाले र एक तहमा नेपाली काँग्रेसको उम्मेद्वार प्रमुखमा निर्बाचित भएका छन् । 
 
जिल्लाको हिलिहाङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबैमा एमालेको उम्मेद्वार बिजयी भएका छन् । अध्यक्षमा भुवानी प्रसाद लिङदेन ४१६९ र उपाध्यक्षमा सुमित्रा सेढाइ ४२५५ मतकासाथ बिजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेद्वार समर बहादुर अधिकारीले ३४०० र उपाध्यक्षका उम्मेद्वार तारादेवी योङहाङले ३२१६ मत प्राप्त गरे ।
 
त्यस्तै जिल्लाको कुम्मायक गाउँपालिकामा काँग्रेस–राप्रपा गठबन्धनका उम्मेद्वारलाई पछि पार्दै नेकपा एमालेका उम्मेद्वार जय बहादुर चेम्जोङ अध्यक्षमा ३२२६ मत र उपाध्यक्षमा सीता आचार्य ३२८५ मतकासाथ बिजयी भएका छन् । निकटतम प्रतिद्धन्दी काँग्रेस–राप्रपा गठबन्धनबाट अध्यक्षका उम्मेद्वार बम लाओती (काँग्रेस) ले २००३ र उपाध्यक्षका उम्मेद्वार जीत बहादुर अगुवा (राप्रपा) ले ११३८ मत प्राप्त गरे । कुम्मायक गाउँपालिकामा वडा नम्बर १ मा स्वतन्त्रले अध्यक्ष पद जिते भने बाँकीमा नेकपा एमालेको २, ३,४ र ५ मा प्यानलनै विजयी भएको छ ।
 
तुम्बेवा गाउँपालिकामा भने काँग्रेस–राप्रपा र एमाले–माओवादी केन्द्र गठबन्धन चुनाबी मैदानमा उत्रिएका थिए । जसमा अध्यक्षमा काँग्रेस–राप्रपा गठबन्धनका होम थापा (काँग्रेस) २३५० मतकासाथ बिजयी भएका छन् । उपाध्यक्षमा भने एमाले–माओवादी गठबन्धनका धन साँवा (एमाले) १९६४ मत ल्याएर बिजयी बनेका छन् । अध्यक्षका निकटतम प्रतिद्धन्दी देबेन्द्र खत्री (माके) ले १९९३ र उपाध्यक्ष घलेन्द्र कुरुम्बाङ (राप्रपा) ले १२४१ मत प्राप्त गरे । त्यसैगरी तुम्बेवा गाउँपालिकामा नेकपा एमालेले १,२ र ३ नम्बर वडामा वडाअध्यक्ष विजयी बनेको छ भने ४ र ५ मा नेपाली काँग्रेसका उम्मेद्वार वडा अध्यक्षमा विजयी बन्नुभएको छ ।
 
यस्तै मिक्लाजुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अमर माखिले नेकपा एमालेका धन कुमार फियाकलाई ४ सय ६६ मत अन्तरले पराजित गर्नुभएको छ । माखिमले ३ हजार ७ सय ६२ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका धन कुमार फियाकले ३ हजार २ सय ९६ मत ल्याउनुभयो । त्यहाँ  नेकपा माओवादी केन्द्रले वडा नम्बर १ र ४ जित्यो भने नेपाली काँग्रेसले वडा नम्बर २ यस्तै नेकपा एमालेले ३,४ र ५ मा वडा अध्यक्ष जितेको छ ।
 
यसैगरी फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली काँग्रेसले जितेको छ । अध्यक्षमा अमर कुमार नेम्बाङले नेकपा एमालेका बिर बहादुर कुम्बाङलाई ७ सय ९६ मत अन्तरले हराउँनुभएको हो । यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकी देवित्रा आङदेम्बेले नेकपा एमालेकी करुणा नेम्बाङलाई ५ सय ५९ मतले पराजित गर्नुभएको छ । देवित्राको पक्षमा ३ हजार ९ सय ५३ र करुणाको पक्षमा ३ हजार ३ सय ९४ मत खसेको छ ।
 
जिल्लाको फालेलुङ गाउँपालिकामा माओवादी केन्द्रका महेन्द्र जवेगु फुङनिमालाई नेपाली काँग्रेसका सञ्च कुमार केरुङले १ सय ५७ मत अन्तरले पराजित गर्दे विजयी हुनुभयो । केरुङले २ हजार ९ सय ९६ मत पाउनुभयो भने माओवादीका जवेगुले २ हजार ८ सय ३९ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्ष नेपाली काँग्रेसकी हिमादेवी अधिकारीले नेकपा माओवादी केन्द्रकी कविता थाम्सुहाङलाई १ सय ७८ मत अन्तरले पराजित गर्नुभयो । अधिकारीले २ हजार ९ सय ८१ मत प्राप्त गर्नुभयो भने थाम्सुहाङले २ हजार ८ सय ३ मत प्राप्त गर्नुभयो ।
 
अब मतपरिणाम आउँन बाँकि याङ्वकर गाउँपालिकाको पनि आइतबार राती सम्ममा परिणाम आउँने बताइएको छ ।
 

Public Poll

Loading...