On Air :BBC News
Up Next :Sajha Sawal BBC

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

फिदिम १, २, ३ मा काँग्रेस, १२, १३ माके र १४ मा एमाले बिजयी, ४ र ११ को गणना हुँदै (अपडेट)

सन्देश सुब्बा । पाँचथर । १७ असार
पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिकाको १, २, ३ मा काँग्रेस, १२, १३ माके र १४ नम्बर वडामा एमाका उम्मेद्वार वडाअध्यक्षमा बिजयी भएका छन् ।
 
फिदिम–१, को अध्यक्षमा काँग्रेसका हर्क मोक्तान ७७४, खुला सदस्यमा राज कुमार नेम्बाङ ८०३, बालानन्द अधिकारी ७४२, महिला सदस्यमा एमालेकी लक्ष्मी नेम्बाङ ७७५ र दलित महिला सदस्यमा एमालेकै भगवती कामी ७५६ मतले बिजयी भएका छन् ।
 
फिदिम–२, मा भने काँग्रेसको प्यानलै बिजयी भएको छ । वडा नम्बर २ को अध्यक्षमा सुकपाल तुम्बापो ५५७, खुला सदस्यमा नारायण बजगाई ५४०, भीष्म बाँस्कोटा ४९२, महिला सदस्यमा रमा निरौला ५२६ र दलित महिला सदस्यमा खुश्बु धमला ५५५ मतकासाथ बिजयी भएका छन् । त्यस्तै फिदिम–३, मा पनि काँग्रेस बिजयी भएको छ ।
 
फिदिम–१२, को अध्यक्षमा माओवादी केन्द्रका सन्तोष आचार्य ४०५ मत ल्याएर बिजयी भएका छन् । खुला सदस्यमा नन्दीकेशर आचार्य (एमाले) ४०८, देवी प्रसाद बाँस्कोटा (काँग्रेस) ३८०, महिला सदस्यमा इन्द्र कुमारी गुरुङ (माके) ४०३ र दलित महिला सदस्यमा सर्मिला बर्देवा (एमाले) ४०९ मत ल्याएर बिजयी बनेका छन् ।
 
फिदिम–१३, मा भने माओवादी केन्द्रको प्यानलै बिजयी भएको छ । अध्यक्षमा टिका नेम्बाङ ६६२, खुला सदस्यमा डिल्लीराम दुलाल ६३९, महेश राई ६३२, महिला सदस्यमा रामलक्षि राई ६३६ र दलित महिला सदस्यमा अमृता बर्देवा ६४६ मतकासाथ बिजयी भएका छन् ।
 
फिदिम–१४ मा भने वडा अध्यक्षमा एमालेका भीम बहादुर फागो ४१४ मत ल्याएर बिजयी भएका छन् । बाँकि सबै सदस्य नेपाली काँग्रेसका बिजयी भएका छन् । खुला सदस्यमा कुमार राई ३९३, डिल्ली कुमार राई ४३१, महिला सदस्यमा तेजमाया (लिबाङ) नेम्बाङ ४०८ र दलित महिला सदस्यमा तेजमाया कामी ४०५ मत ल्याएर बिजयी बनेका छन् ।
 
अहिले फिदिम ४ र ११ को मतगणना भइरहेको छ । उक्त दुबै वडामा काँग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् ।
 

Public Poll

Loading...