On Air :Hello Eagle
Up Next :Nepali Filmy Songs + Add

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

पाँचथरको दुई तहमा एमाले र एकमा काँग्रेस बिजयी, अन्यमा मतगणना जारी (अपडेट)

सन्देश सुब्बा । पाँचथर । १७ असार
जम्मा आठ स्थानीय तह भएको पाँचथरमा हालसम्ममा दुई तहमा नेकपा एमाले र एक तहमा नेपाली काँग्रेसको उम्मेद्वार प्रमुखमा निर्बाचित भएका छन् ।
 
जिल्लाको हिलिहाङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबैमा एमालेको उम्मेद्वार बिजयी भएका छन् । अध्यक्षमा भुवानी प्रसाद लिङदेन ४१६९ र उपाध्यक्षमा सुमित्रा सेढाइ ४२५५ मतकासाथ बिजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेद्वार समर बहादुर अधिकारीले ३४०० र उपाध्यक्षका उम्मेद्वार तारादेवी योङहाङले ३२१६ मत प्राप्त गरे ।
 
त्यस्तै जिल्लाको कुम्मायक गाउँपालिकामा काँग्रेस–राप्रपा गठबन्धनका उम्मेद्वारलाई पछि पार्दै नेकपा एमालेका उम्मेद्वार जय बहादुर चेम्जोङ अध्यक्षमा ३२२६ मत र उपाध्यक्षमा सीता आचार्य ३२८५ मतकासाथ बिजयी भएका छन् । निकटतम प्रतिद्धन्दी काँग्रेस–राप्रपा गठबन्धनबाट अध्यक्षका उम्मेद्वार बम लाओती (काँग्रेस) ले २००३ र उपाध्यक्षका उम्मेद्वार जीत बहादुर अगुवा (राप्रपा) ले ११३८ मत प्राप्त गरे ।
 
तुम्बेवा गाउँपालिकामा भने काँग्रेस–राप्रपा र एमाले–माओवादी केन्द्र गठबन्धन चुनाबी मैदानमा उत्रिएका थिए । जसमा अध्यक्षमा काँग्रेस–राप्रपा गठबन्धनका होम थापा (काँग्रेस) २३५० मतकासाथ बिजयी भएका छन् । उपाध्यक्षमा भने एमाले–माओवादी गठबन्धनका धन साँवा (एमाले) १९६४ मत ल्याएर बिजयी बनेका छन् । अध्यक्षका निकटतम प्रतिद्धन्दी देबेन्द्र खत्री (माके) ले १९९३ र उपाध्यक्ष घलेन्द्र कुरुम्बाङ (राप्रपा) ले १२४१ मत प्राप्त गरे । 
 
जिल्लाका बाँकि तहको मतगणना जारी रहेको छ । तीमध्ये फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका र याङवरक गाउँपालिकामा नेपाली काँग्रेस, फालेलुङ गाउँपालिकामा नेकपा एमाले र मिक्लाजुङ गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएका छन् ।
 

Public Poll

Loading...