On Air :BBC News
Up Next :Sajha Sawal BBC

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

उद्घोषण तालिम सम्पन्न

इगल समाचार । पाँचथर । २९ जेठ
सञ्चारिक समूह पाँचथरको आयोजनामा सञ्चालित एक हप्ते उद्घोषण तालिम सदरमुकाम फिदिममा सोमबार सम्पन्न भएको छ । फिदिम नगरपालिकाको सहयोगमा तालिमको आयोजना गरिएको हो । 
 
फिदिम स्थित तमोरभ्याली गेष्ट हाउसको चुम्देन हलमा सञ्चालित तालिममा फिदिम नगरपालिका क्षेत्रका २८ जना महिलाहरुको सहभागिता रहेको सञ्चारिक समूह पाँचथरका उपाध्यक्ष सरिता तामाङले बताइन । जेठ २३ गतेदेखि सुरु भएको तालिमको सहजीकरण प्राइम एफ.एम.उर्लाबारी मोरङका प्रबन्ध निर्देशक मन नेम्बाङ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पाँचथरका अध्यक्ष गणेश साम्पाङले गरेका थिए । 
तालिमको समापन समारोहमा फिदिम नगरपालिकाका प्रतिनिधि  सुरेश सुवेदी सँगै नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना, मेची पोष्ट दैनिकका प्रकाशक लेखनाथ खतिवडा, पत्रकार बिजयबोध लाओती, प्रेस युनियन पाँचथरका अध्यक्ष लक्ष्मी गौतम, इगल एफएमका समाचार सम्पादक सन्देश सुब्बा, रेडियो मित्तेरीका स्टेशन म्यानेजर खबिन लुइटेल, विएसी एफएमका छबि चपागाईले मन्तब्य राखेका थिए । 
 
त्यस्तै कार्यक्रममा सहभागिहरुको तर्फबाट अनुभव मन्तब्य राख्दै सम्झना योङहाङ, मनिषा आचार्य र रमला राईले तालिमबाट प्राप्त गरेका ज्ञान र सिपलाई ब्यवहारमा उतार्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रम सञ्चारिक समूह पाँचथरका अध्यक्ष शान्तिदेवी राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 
 

Public Poll

Loading...