On Air :Eagle News
Up Next :Trafic Update

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

बाटोमा भेटेको सालक प्रहरीलाई जिम्मा

सन्देश सुब्बा । पाँचथर । २३ जेठ
विश्वमै लोपोन्मुख जङ्गली जनावरको सूचिमा रहेको सालकको लुकिछिपि चोरी शिकारी गर्ने क्रम बढ्दो अवस्थामा रहेको बेला पाँचथरका एक युवाले भने बाटोमा भेटेको सालक प्रहरीलाई खबर गरी जिम्मा दिएका छन् । 
 
जिल्लाको फालेलुङ गाउँपालिका–५, लुङमादिनका सन्दिप थाम्सुहाङले सोमबार साँझ बाटोमा भेटेको सालक प्रहरीलाई खबर गरी मंगलबार जिम्मा दिएका हुन् । सदरमुकाम फिदिमदेखि घर फर्किने क्रममा साँझ छ बजेतिर थाम्सुहाङले फालेलुङ गाउँपालिका–७, थोक्पनमा उक्त सालक भेटेका थिए ।
 
मानिस देखेपछि गोलो बनेर बाटोमै बसेको सालकलाई थाम्सुहाङले घरमा लगि प्राङ्बुङ प्रहरी चौकीमा खबर गरी जिम्मा दिएका हुन् । भाले जातको उक्त सालकलाई जिल्ला वन कार्यालय पाँचथर सँग परामर्श गरी जङ्गलमा छोड्ने वा के गर्ने भन्नेबारे निर्णय हुने प्रहरी चौकी प्राङबुङका असइ बल बहादुर श्रेष्ठले बताए ।
 
विश्वबाटै लोप भएर जान लागेको सालकको संरक्षण होस भने आफूले प्रहरीलाई खबर गरी जिम्मा दिएको थाम्सुहाङले बताए । सालकको खपटा महंगो मूल्यमा लुकिछिपि ब्यापारीले खरिद गर्ने गरेका कारण पूर्वी पहाडमा सालकको चोरी शिकारी गर्ने क्रम बढ्दो छ ।

Public Poll

Loading...