On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

शेर्मा र समथिङलाई नागरिक अभिनन्दन

सन्देश सुब्बा । पाँचथर । २० जेठ
जिल्लाको पहिलो सगरमाथा आरोही शुसील शेर्मा र लेखक गुरुङ रामप्रकाश समथिङलाई शनिबार फिदिममा नागरिक अभिनन्दन गरिएको छ । जिल्लास्थित विभिन्न नागरिक संघ–संस्थाहरु आयोजनामा शेर्मा र समथिङलाई अभिनन्दन गरिएको हो । 
 
शेर्माले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर र समथिङले नेपाली साहित्यिक इतिहासमै एकैपल्ट २२ उपन्यासको बिमोचन गरेर जिल्लाको प्रतिष्ठालाई उच्च बनाएको भन्दै दुई ब्यक्तित्वलाई अभिनन्दन गरिएको हो । उनीहरुलाई जिल्लास्थित विभिन्न दुई दर्जन संघ–संस्थाले अभिनन्दन गरेका थिए ।
 
जिल्लाको कुम्मायक गाउँपालिका–२, माङजाबुङका शेर्माले शैनिक जागिर छाडेर वि.सं. २०६६ सालदेखि हिमाल आरोहणको तयारी थालेका थिए । उनले गएको जेठ ६ गते बिहान आणविक भट्टी निशस्त्रीकरणको सन्देश दिंदै सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए ।
 
त्यस्तै फिदिम बजारबासी लेखक समथिङले गत वैशाख नौ गते काठमाण्डौंमा एकैपल्ट आफ्ना २२ औपन्यासिक कृतिहरुको बिमोचन गरेका थिए । समथिङको उक्त कार्यलाई गिनिज बुक वल्र्ड रेकर्डमा लेखाउँने प्रक्रिया समेत अघि बढाइएको छ ।
 
फिदिम स्थित पाँचथर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा जिल्लास्थित कार्यालय र नागरिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काको प्रमुख आतिथ्यता तथा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्र प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Public Poll

Loading...