On Air :Hello Eagle
Up Next :Songs+Add

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

सहअध्यक्ष माखिम पार्टी विभाजन गर्न उद्धत रहेको संघीय लिम्बुवान पार्टी पाँचथरको निष्कर्ष

इगल समाचार । पाँचथर । २५ वैशाख 
संघीय लिम्बुवान पार्टी नेपाल जिल्ला कार्य समिति पाँचथरले वैशाख २३ गते पार्टीका सहअध्यक्ष खगेन्द्र माखिमको समूहले पार्टी अध्यक्ष सञ्जुहाङ पालुङ्वा र सहासचिव सूर्य माखिमलाई गरेको कारबाही पार्टी विभाजन गर्ने खेल भएको बताएको छ ।
 
सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला कार्य समिति पाँचथरले संगठन ऐतिहासिक भेडेटार एकतालाई संस्थागत गर्ने पक्षमा रहेको भन्दै सहअध्यक्षको उक्त कार्य प्रति गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । संगठनका जिल्ला अध्यक्ष कमलराज नेम्बाङ द्धारा हस्ताक्षरित विज्ञप्तीमा सहअध्यक्ष माखिमको समूह केही समयअघिदेखि पार्टीको पहिलो एकताको महाधिवेशनले पारित गरेको नीति र कार्यदिशा विपरित पार्टीभित्र समानान्तर समिति सञ्चालन गर्दै आएको समेत आरोप लगाएको छ । 
 
भेडेटार एकता लिम्बुवानबासी जनताहरुको भावनात्मक एकता भएको भन्दै संगठनले कथित चौंथो वैठकको नाममा सहअध्यक्ष माखिम समूहले गरेको कर्तुतको भ्रममा नपर्न समेत क्षेत्रिय समिति, गाउँ कार्य समिति र जिल्लास्थित सम्पूर्ण जनवर्गिय संगठनहरुलाई आग्रह गरेको छ ।
 
चरम गुटबन्दीमा फसेको पार्टी केन्द्रीय कार्य समितिमा अर्का महासचिव प्रेमदीप थाम्सुहाङलाई कारबाही गरिएको भोलिपल्ट सहअध्यक्ष माखिमको समूहले चौथो वैठक बोलाई अध्यक्ष पालुङवालाई छ महिना निलम्बन र समहासचिव सूर्य माखिमलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
 

Public Poll

Loading...