On Air :Hello Eagle
Up Next :Nepali Filmy Songs + Add

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

आगलागि पीडितलाई राहत वितरण

इगल समाचार । पाँचथर । ८ वैशाख
पाँचथरको हिलिहाङ गाउँपालिका–७, पाखागाउँका अग्नी पीडितहरुलाई आज राहत वितरण गरिएको छ । 
 
सो ठाउँका पाँच घर अग्नी पीडितलाई हाल दक्षिण कोरियामा रहेका स्थानीय डम्बर सुहाङले संकलन गरी पठाउँनुभएको ८० हजार नगद पत्रकारहरुको एक टोली पाखागाउँ पुगि वितरण गरेका हुन् । उक्त राहत रकम अग्नी पीडित इन्द्र बहादुर पन्धाकलाई ३० हजार, मदन चापागाईँलाई २० हजार त्यस्तै डिल्ली कुमार पन्धाक, राज कुमार पन्धाक र राजेन्द्र पन्धाकलाई समान दश–दश हजार रुपैंयाँ वितरण गरिएको थियो ।
 
गत चैत २८ गते तमोर नदी किनार छेउको जङ्गलबाट सुरु भएको आगलागि आँधीहुरी सँगै गाउँ पस्दा इन्द बहादुरको एउटा घर र गोठ, मदनको एउटा घर, डिल्ली र राज कुमारको एउटा–एउटा ग्वाली र राजेन्द्रको एउटा किचन जलेको थियो । उक्त आगलागिले सोही गाउँमा रहेको मानव रहित छ वटा घर र केही चौपाया समेत जलेको स्थानीयले बताएका छन् ।
 
उक्त राहत रकम वितरण गर्न पाँचथरका लागि एनटिभिकर्मी बिजयवोध लाओती, गोरखापत्रकर्मी नारायण तुम्बापो, इगल एफएमका समाचार सम्पादक सन्देश सुब्बा र एविसि टेलिभिजनकर्मी सेसेहाङ आलोती पाखागाउँ पुग्नुभएको थियो । जङ्गलमा पसेको आगो गाउँमा पस्दा करीब ६५ लाख रुपैंयाँ बराबरको क्षति भएको बताइएको छ । जङ्गलमा कसले किन आगो लगायो भन्ने विषय हालसम्म पनि पत्ता लागेको छैन । 
 
उक्त रकम दक्षिण कोरियामा रहेका पाँचथरे युवाहरु डम्बर सुहाङ, देउमान खुदाङग, कमल खुदाङ्ग, राजु श्रेष्ठ, गोपाल बयलकोटी, घनेन्द्र खुदाङ्ग, रामेश लामिछाने, तिर्थ मिश्र, विरमान तुम्बापो, राजन भण्डारी, टेकेन सुहाङ, खगेन्द्र खुदाङ्ग, तुलसी मैनाली, चन्द्र जवेगु, सुवास खुदाङ्ग, किष्ण लोवा, मिस्टर सुहाङ, चन्द्रकुविर लिङ्देन, मनकुमार पन्थाक, प्रेम उप्रेतीले सहयोग गर्नुभएको हो ।
 

Public Poll

Loading...