On Air :Sajha Sawal BBC
Up Next :Mero Niyatra

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

रेड हर्स बिरुद्ध कठिन जीत निकाल्दै बिर्ता युनाइटेड फाइनलमा प्रवेश

सन्देश सुब्बा । पाँचथर । ७ वैशाख
झापाको बिर्ता युनाइटेड क्लव फिदिममा जारी प्रथम पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार फिदिम माविको खेलमैदानमा सम्पन्न अन्तिम सेमीफाइनलमा २–१ गोलको कठिन जीत निकाल्दै बिर्ता युनाइटेडले उपाधि भिडन्तका लागि एपिएफ पूर्वाञ्चल सँगको भेट पक्का गरेको हो ।
 
खेलको नवौं मिनेटमा योगेश गुरुङको गोलबाट १–० ले अगाडि बनेकोे बिर्ता युनाइटेडको अग्रता १७ औं मिनेटमा रेड हर्सका मनिष थापाले गोल गर्दै भङ्ग गरे । कडा प्रतिश्पर्धात्मक खेलमा दुबै टिमले गोल गर्ने केही राम्रा अवशर सदुपयोग गर्न सकेनन् । २१ औं मिनेटमा मनिषको सुन्दर प्रहारललाई बिर्ता युनाइटेडका गोल किपर दिनेश थापा मगरले जाली चुमाउँन दिएनन् । ३५ औं मिनेटमा बिर्ताका विशाल राई ‘ए’ ले गरेको कडा प्रहार रेड हर्सका गोल किपर पूर्ण चेम्जोङले उत्कृष्ठ बचाउ गरे ।
 
छिरिङ गुरुङको कप्तानीमा यू–१६ राष्ट्रिय टोलिबाट खेलिसकेका बिदुर रिजाल सहित मैदान उत्रिएको रेड हर्सको तुलनामा बिर्ता युनाइटेडमा राष्ट्रिय टिम सँगै ए डिविजन लिगमा खेल्ने उल्लेख्य खेलाडि थिए । तर पनि जीत निकाल्न भने बिर्तालाई हम्मे परेको थियो । बिर्ताका बुद्ध चेम्जोङ र विशाल राई ‘बी’ ले गोल गर्ने केही अवशर खेर फाले भने देबेन्द्र तामाङ सहितको रक्षापंक्तिलाई रेड हर्सका खेलाडिले दबाबमा राखेका थिए ।
 
खेलको ८१ औं मिनेटमा रेड हर्सको डिफेन्सले गोल क्लियर गर्न नसक्दा फाइदा उठाउँदै विशाल राई ‘बी’ को गोलबाट बिर्ता युनाइटेडले फाइनलको यात्रा तय ग¥यो । शनिबार हुने फाइनल खेलमा एपिएफ पूर्वाञ्चल बिरुद्ध उपाधि चुम्ने लक्ष्य सहित मैदान उत्रिने बिर्ताका टिम ब्यवस्थापक टेकराज तिलिङले बताए । सेमीफाइनलमा आफ्ना खेलाडिले राम्रो प्रदर्शन गरे पनि गोल गर्न नसक्दा निकै कठिन जीत हात पारेको उनले स्वीकारे ।

Public Poll

Loading...