On Air :
Up Next :Bhajan Haru

रमाइलो

गायिका अञ्जुपन्त संग बार्षिकोत्सव कार्यक्रममा कम्मर मर्काउदै एफ.एम.का उपाध्यक्ष

Studio

RJ Bindu MAhima

पहिलो बार्षिकउत्सब कार्यक्रम

कार्यक्रम सञ्चालन गर्दै आरजे तथा बजार ब्यावस्थापक खविन लुइटेल

पहिलो बार्षिकउत्सब कार्यक्रम

याक्थुम्हाङ मिडिया प्रालिका अध्यक्ष तेज कुरुम्वाङ र उपाध्यक्ष हस्त तामाङ तत्कालिन प्रजिअ संग पहिलो

Team

Radio Staffs.

फिदिम बजार

पाँचथरकाे सदरमुकाम फिदिम बजार

पाँचथरको लुम्फाबुङ प्रदेश नम्बर एकको दोस्रो सहकारी गाउँ घोषणा

सन्देश सुब्बा । पाँचथर 
जिल्लाको फिदिम नगरपालिका–९, साविक लुम्फाबुङ गाविसलाई बिहीबार एक कार्यक्रमकाबीच सहकारी गाउँ घोषणा गरिएको छ । वडाका सतप्रतिशत घरघुरी स्थानीय लुम्फाबुङ वचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएपछि गाउँलाई सहकारी गाउँ घोषणा गरिएको हो । 
 
स्थानीय लुम्फाबुङ खेलमैदानमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले गाउँलाई सहकारी गाउँ घोषणा गरे । सो अवशरमा प्रजिअ खड्काले लुम्फाबुङबासीलाई बधाई दिंदै उक्त सहकारी गाउँको आर्थिक मेरुडण्डको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । ‘गाउँको सबै घरधुरीलाई समेट्न सफल यो सहकारीले गाउँको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वास लिएको छु’ खड्काले भने । 
 
कार्यक्रममा बोल्दै पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्र प्रसाद काफ्लेले मुलुकलाई आर्थिक रुपमा सवल बनाउँन गाउँ–गाउँबाट आर्थिक क्रान्ति हुन जरुरी रहेको उल्लेख गर्दै उक्त घोषणाबाट अन्य गाउँले पनि पाठ सिक्नुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत प्रतीक तिम्सिना, सहमति संस्थाका कार्यक्रम संयोजक विजय सुवेदी, नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष लेखनाथ खतिवडा लगायतले पनि लुम्फाबुङबासीलाई बधाई तथा शुभकामना दिएका थिए । 
 
वि.सं. २०६९ साल वैशाख २५ गते स्थापना भएको लुम्फाबुङ वचत तथा ऋण सहकारी संस्थामा अहिले १२ लाख ३३ हजार सेयर पुँजी, ३ लाख २१ हजार ७ सय ६८ बचत र ६३ लाख ३८ हजार १० रुपैंयाँ ऋण लगानी रहेको सहकारीका ब्यवस्थापक धन कुमार अर्यालले बताए । सुरुमा २५ जना सेयर सदस्यबाट सुरु गरिएको उक्त सहकारीमा अहिले गाउँका सतप्रतिशत अर्थात् ७ सय ७४ घरधुरी सेयर सदस्य रहेको संस्थाका अध्यक्ष भक्त बहादुर सिगुले बताए । 
 
सुरुमा सहकारीको महत्व, आवस्यक्ता र त्यसबाट लिन सकिने लाभको विषयमा स्थानीय अनभिज्ञ हुँदा सबै घरधुरीलाई सहकारीमा आबद्ध गराउँन निकै समस्या परेको संस्थाका उपाध्यक्ष गंगा प्रसाद राईले सुनाए । तर मर्सिकोर नेपाल र सहमति संस्थाको सहयोगमा गाउँमा वित्तिय सारक्षरता तथा सहकारी सचेतना कक्षा सँगै चेतनामुलक घरदैलो अभियान सञ्चालन गरिए पछि गाउँका सबै घरधुरीलाई सहकारीमा आबद्ध गराउँन सफल भएको संस्थाका सचिव भद्र घिमिरेले बताए ।
 
बिस्तारै सहकारी बुझ्दै गएका लुम्फाबुङका स्थानीयले घोषणा कार्यक्रममा नाँचगान गरेर खुसियाली समेत मनाएका थिए । सहकारी संस्था सञ्चालक समितिको अथक प्रयास, मर्सिकोर नेपाल र सहमति संस्थाको सहजीकरणबाट सहकारी गाउँ घोषणा गरेर गाउँलाई छुट्टै पहिचान दिलाउँन सफल भएको भन्दै गरीबि निवारण कोष कार्यक्रमको सामाजिक परिचालक समेत रहेका स्थानीय सुनिता कार्कीले खुसी ब्यक्त गरिन् ।
 
यसअघि सहमति संस्थाको सहजीकरणमा संघुवासभाको साविक धुपु गाविसलाई सतप्रतिशत सहकारी सेयर सदस्य भएको गाउँ घोषणा गरिएको सहमति संस्थाका फिल्ड सुपरभाइजर सेविका मोक्तानले बताइन् । ‘संखुवासभाको धुपु पछि पाँचथरको लुम्फाबुङ दोस्रो सहकारी गाउँ बन्यो’ मोक्तानले भनिन् । उक्त घोषणा कार्यक्रममा कार्यक्रममा सहकारीको उत्कृष्ठ वचतकर्ता, ऋणी लगायतलाई सम्मान समेत गरिएको थियो ।

Public Poll

Loading...