फालेलुङका बाढीपहिरो पीडितलाई राहत वितरण

SITENAME

इगल संवाददाता (फालेलुङ) गत वर्ष बाढिपहिरोबाट पीडित बनेका जिल्लाको फालेलुङ गाउँपालिकाका २० परिवारलाई आज राहत वितरण गरिएको छ । बाढीपहिरोबाट अति प्रभावित ती परिवारलाई एक लाख आठ हजार मूल्य बराबरको राहत सामग्रि वितरण गरिएको हो । 

 

संयुक्त संयन्त्र युएईले संकलन गरेर पठाएको सो रकम किरात याक्थुङ चुम्लुङ पाँचथर शाखाको आयोजनामा वितरण गरिएको हो । पीडितहरुलाई सिरक, प्रेशर कुकर, त्रिपाल, म्याट लगायतका सामग्रि वितरण गरिएको हो । फालेलुङ गाउँपालिका–४, नाम्लुवा भन्ञ्याङमा कार्यक्रम आयोजना गरी राहत सामग्रि वितरण गरिएको हो । 

 

कार्यक्रममा फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्च कुमार केरुङ, वडा नम्बर ३ का वडा अध्यक्ष बीरबिक्रम थाम्सुहाङ, वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धिमान सावादेन, कियाचु फालेलुङ अध्यक्ष कुमार केरुङ, इलाका प्रहरी कार्यालय मच्छेबुङका इन्चार्ज तुलाराम मल्ल लगायको उपस्थिति रहेको आयोजक कियाचु पाँचथरका अध्यक्ष नरेन्द्रराज केरुङले बताए ।
 

प्रतिकृया दिनुहोस
SITENAME

स्वास्थ्य र शिक्षाको जिम्मा अव सरकारले लिन्छ—आर्थिक मामिल तथा योजनामन्त्री मौसम

पाँचथर,भदौ ३०, पूर्वी पहाडि भेगमा कुनै बेला त्यस्तो समय थियो,त्यस भेला विरामी परियो भने डोकोमा हालेर स्वास्थ्य चौकी तथा अस्पताल लैजानुपर्दथ्यो, तर

SITENAME

बाल दिवशको अवसरमा फिदिम नगरपालिकाले वितरण गर्यो विपन्न ४५ परिवारलाई सामाग्री

पाँचथर,भदौ २९, बाल दिवशको अवसरमा पाँचथरको फिदिम नगरपालिकाले फिदिम ४ मा रहेको बालमन्दिर आधारभूत विद्यालयलाई पोशाक तथा झोलाहरु वितरण गरिएको छ । त्यस

SITENAME

फिदिम नगरपालिले राख्यो हेंवा खोलामा सावधानी बोर्ड

पाँचथर,भदौ २९, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना हेंवा खोलामा सावधानी बोर्ड राखिएको छ ।  हेंवा खोलामा अस्वभाविक रुपमा मानिस