जलवायु परिवर्तनले पारेको असरप्रति सरोकारवालाहरु चिन्तित

SITENAME

जितेन्द्र भण्डारी÷
पाँचथर,वैशाख २५पाँचथरको फिदिममा आयोजित एक कार्यक्रमका सरोकारवाला ब्यक्तिहरुले जलवायु परिवर्तनले पारेको असरबारे चिन्ताब्यक्त गरेको छन् ।
 सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरको आयोजना तथा फिदिम नगरपालिकाको आर्थिक सहयोगमा संचालित जलवायु परिवर्तन तथा विपद ब्यवस्थापन सम्वन्धी ५ दिने तालिमको समापन समारोहमा वोल्ने वक्ताहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन् ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी उद्योग वाणिज्य संघ पाँचथरका जिल्ला अध्यक्ष मित्र प्रसाद काफलेले जलवायु परिवर्तनले समुदाय तथा गाउँ ठाउँमा नकरात्मक असर परेको भन्दै यसका लागि स्थानिय तह सँग मिलेर जवलायु परिवर्तन बाट वच्ने उपाय अपनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा वोल्दै सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरका अध्यक्ष देवी न्यौपानेले जलवायु परिवर्तनले पारेको असर जोखीम न्युनीकरण सम्भाब्यता क्षेत्रको बारेमा अध्ययन,मानवबाट हुने विपद् न्यूनीकरण गर्न के गर्न सकिन्छ ? भन्ने विषयमा तालिम प्रदान गरिएको बताउनुभयो । 
कार्यक्रममा फेकोफन पाँचथरका निवर्तमान अध्यक्ष काजीमान श्रेष्ठ,इगल एफ.एमका स्टेशन म्यानेजर जितेन्द्र भण्डारी,फिदिम नगरपालिका वडा नम्बर २ का वडा सदस्य नारायण बजगाँई लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

हिलिहाङ गाउँपालिकाको गाउँ सभा सम्पन्न,नीति तथा कार्यक्रम यस्तो छ ,

जितेन्द्र भण्डारी÷ पाँचथर,साउन १, “गाउँ—गाउँमा सिंहदरबार,टोल टोलमा हिलिहाङ सरकार” भन्ने नाराका साथ पाँचथरको हिलिहाङ गाउँपालिकाको तेस्रो

कुमायक गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न,पालिकाको निती तथा कार्यक्रम र बजेट यस्तो छ 

पाँचथर,साउन १, पाँचथरको कुमायक गाउँपालिकाको तेस्रो गाउँसभा आइतबार सम्पन्न भएको छ । सभालाई प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्रि

SITENAME

फाल्गुनन्द गाउँपालिकाको तेस्रो गाउँ सभा सम्पन्न,प्रदेश १ लाई समृद्धि बनाएर छोड्ने — अर्थमन्त्री आङवो 

पाँचथर,असार ३१, फाल्गुनन्द गाउँपालिकाको तेस्रो गाउँ सभा शनिबार सम्पन्न भएको छ ।  गाउँसभालाई सम्वोधन गर्दे प्रदेश नम्बर १ का आर्थिक मामिला तथा