समाज सुधारक दिवस कार्यक्रम सुरु,सात जना पत्रकार सम्मानित

SITENAME

इगल संवाददाता ( फिदिम) धार्मिक पर्यटकीयस्थल फिदिम नगरपालिका–६, लब्रेकुटिमा आज ८८ औं समाज सुधार दिवश मनाइएको छ । वि.सं. १९८८ साल बैशाख २५ गते १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनले किरात समाज सुधारको लागि भन्दै लब्रेकुटिमा ७ बुँदे सत्य धर्म मुचुल्का घोषणा गरेका थिए । तत्कालीन १० लिम्बू १७ थुमका प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थितिमा फाल्गुनन्दले उक्त सत्य धर्म मुचुल्का घोषणा गरेका थिए । सत्य धर्म मुचुल्कामा नारी जाति सृष्टिकर्ता भएकाले उसको उच्च सम्मान गर्नुपर्ने, छोरी चेलीको बिवाहमा सोतरित, सुनौली, रुपौली लिन नहुने, कुनै पनि कर्मकाण्ड गर्दा जीव हत्या र मद्यपानको प्रयोग बन्द गर्ने लगायतका कुरा उल्लेख रहेको छ ।
किरात समाज सुधारका लागि फाल्गुनन्दले सत्य धर्म मुचुल्का घोषणा गरेको दिनको सम्झनामा हरेक बर्षको २५ बैशाखमा लब्रेकुटिमा समाज सुधार दिवश मनाइन्छ । दिवशको अवशरमा आयोजित समारोहलाई प्रदेश–१ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतले उद्घाटन गर्नुभयो । समारोलाई सम्बोधन गर्दै मन्त्री कुसियतले सबै धर्म, संस्कार र संस्कृतिको संरक्षण हुनुपर्नेमा जोड दिंदै विभूति फाल्गुनन्दको तपोभूमि पाँचथरको लब्रेकुटि र उहाँको समाधीस्थल सिलौटि क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न प्रदेश सरकारले यसपल्ट १० लाख रुपैंयाँ रकम बिनियोजन गरेर सुरुवात गरेको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सीता थेबेले लब्रेकुटि–सिलौटि क्षेत्रको बिकासका लागि प्रदेशसभामा आफूले निरन्तर कुरा उठाएको बताउँनुभयो । 

सात जना पत्रकार सम्मानित
यसैविच समाचार सम्प्रेषण गरेर लब्रेकुटि क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न अतुलनिय योगदान पु¥याएको भन्दै जिल्लाका ७ जना पत्रकारहरुलाई सम्मान समेत गरिएको छ । नेपाल टेलिभिजनका पाँचथर संवाददाता बिजयबोध लाओती, गोरखापत्र दैनिकका पाँचथर संवाददाता नारायण तुम्बापो, मेची पोष्ट दैनिकका प्रकाशक लेखनाथ खतिवडा, नागरिक दैनिकका पाँचथर संवाददाता गिरिराज बाँस्कोटा, इगल एफएमका समाचार सम्पादक सन्देश सुब्बा, अन्नपूर्ण पोष्ट दैनिकका पाँचथर संवाददाता भीम कुमार बाँस्कोटा, उज्यालो नाईन्टि नेटवर्ककका पाँचथर संवाददाता उपेन्द्र येक्नेत र रेडियो नेपालका पाँचथर संवाददाता लक्ष्मी लिम्बूलाई सम्मान गरिएको हो । उहाँहरुलाई कार्यक्रममा प्रमुख अतिथि प्रदेश–१ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतले कदर पत्र वितरण गरेर सम्मान गर्नुभएको थियो ।
यसैबीच आज लब्रेकुटिमा वर्तमान धर्मगुरु आत्मनन्द लिङदेन र उहाँकी धर्मपत्नी पवित्राहाङमा साबाँ लिङदेनको देवागमन समेत भएको छ । कार्यक्रममा नेपालका विभिन्न जिल्ला सँगै भारत, भूटान र बर्माका किरात धर्मावलम्बि भक्तजनहरुको उपस्थिति रहेको छ । कार्यक्रममा फिदिम स्थित न्यू बरदान संगीतालयले मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । ८८ औं समाज सुधार दिवश किरात धर्म तथा साहित्य उत्थान संघ पाँचथर र किरात साङसेन वरक चोत्लुङ माङहिम लब्रेकुटिको संयुक्त आयोजनामा सप्ताहव्यापि कार्यक्रमको सुरु भएको छ ।

 

प्रतिकृया दिनुहोस

फिदिम नगरपालिका वडा नम्बर १० मा महिलाहरुको क्षमता अभिवृद्धि र चेतना सम्वन्धी तालिम शुरु

पाँचथर,जेठ ६, महिलाहरुको क्षमता अभिवृद्धि र चेतना सम्वन्धी अन्र्तक्रिया तथा तालिम पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० मा आज बाट शुरु भएको छ

SITENAME

साहित्य साधनाको अधिवेशन सम्पन्न

इगल संवाददाता (पाँचथर) साहित्य साधना पाँचथर बहुमुखि क्याम्पसको प्रथम अधिवेशन बिहीबार सम्पन्न भएको छ ।    अधिवेशनले सुमन अधिकारीको अध्यक्षतामा

SITENAME

पाँचथरको हिलिहाङ गाउँपालिकामा हिलिहाङ महोत्सव शुरु,महोत्सवका कार्यक्रहरु यस्ता छन्

जितेन्द्र भण्डारी÷ पाँचथर,वैशाख २४, “कृषि,उर्जा पर्यटन र ब्यापार समृद्ध हिलिहाङ निर्माणको आधार” भन्ने नाराका साथ पाँचथरको हिलिहाङ