पोखराका टेलिभिजन पत्रकार संगठित

इगल संवाददाता (पोखरा) पोखराका टेलिभिजन पत्रकार संगठित भएका छन् । सोमबार भएको टेलिभिजन पत्रकारको भेलाले टेलिभिजन पत्रकार संघ नामक संस्था गठन गर्ने निर्णय गर्दै तदर्थ समितिसमेत गठन गरेको छ ।


समितिको अध्यक्षमा विश्व सुवेदी, उपाध्यक्षमा कृष्णअञ्जान ज्ञवाली र सचिवमा अनिशा श्रेष्ठ छन् । सुवेदी गण्डकी टेलिभिजनका स्टेसन म्यानेजर, ज्ञवाली एभिन्युज टिभीका संवाददाता र श्रेष्ठ गोल्डेन आइ टेलिभिजनका स्टेसन म्यानेजर हुन् । सहसचिवमा जीवन सुवेदी र कोषाध्यक्षमा प्रल्हादचन्द्र घिमिरे छन् । सुवेदी पोखरा टेलिभिजन र घिमिरे फेवा टेलिभिजनमा आवद्ध छन् ।


सदस्यमा भीम थापा राजेन्द्र केसी, विष्णुकुमारी सुवेदी र टीकाप्रसाद हुमागाई छन् । समितिको सल्लाहकारमा कमल पराजुली, दीपेन्द्र श्रेष्ठ र एमबि आस्था मगर छन् । भेलाले ओम हमाल संयोजक र अनिशा श्रेष्ठ र प्रल्हादचन्द्र घिमिरे सदस्य रहेको विधान मस्यौदा समितिसमेत गठन गरेको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

प्रदेश ७ मा १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत

धनगढी (रासस) । प्रदेश नं ७ को सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण

SITENAME

प्रधानमन्त्री व्यवसायीलाई भने– भारतबाट आउने रेललाई रित्तै जान दिनुहुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यावशाय क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर देशलाई अघि बढाउनुपर्ने बताएका छन् । नेपाल

SITENAME

बाह्रखरी समीक्षा प्रहरी संगठनमा दुई खनाल, खरेलले राजीनामा दिने

नेपालका दुई महत्त्वपूर्ण प्रहरी संगठन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले नयाँ नेतृत्व पाएका छन् । नयाँ नेतृत्वका रूपमा नेपाल प्रहरीमा सर्वेन्द्र