पत्रकार महासंघ प्रदेश समितिको चुनाव चल्दै

 

 नेपाल पत्रकार महासंघको प्रदेश समितिका पदाधिकारी चयनका लागि मतदान भइरहेको छ ।  ७ वटा भौगोलिक प्रदेश र काठमाडौं उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० वटा समितिमा पदाधिकारी चयनका लागि मतदान सुरु भएको हो । नेपाल पत्रकार महासंघमा पहिलोपल्ट साधारण सदस्यका प्रत्यक्ष मतदानबाट प्रदेश समितिका पदाधिकारी चयन हुन लागेको भए पनि धेरै जसो पदमा मुख्य ३ दल निकटका पत्रकार भागबण्डा गरेर निर्विरोध चयन भएका छन् । 

नेकपा एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले सिण्डिकेट कायम राखेर पद भागबण्डा गरेको भन्दै अन्य दल निकट पत्रकारले यो चुनाव बहिष्कार गरेका छन् । केहीले भने भागबण्डा गर्नेलाई निर्विरोध हुन नदिने भन्दै उम्मेदवारी दर्ता गरेका कारण मतदान नै गर्नु परेको हो ।

काठमाडौं उपत्यकाको मतदान पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा भइरहेको छ भने अन्य जिल्ला शाखाको मतदान सम्बन्धित जिल्लाकै कार्यालयमा चलिरहेको छ ।

 

प्रतिकृया दिनुहोस

प्रदेश सांसद हरिशरण लामिछानेको निधन

 प्रदेश ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा आज निधन भएको छ । लामिछानेको सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचारका क्रममा

मोदीको अभिनन्दनबारे ओलीको अभिव्यक्ति – ‘राष्ट्रिय मर्यादाको उल्लंघन भयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे संसदमा जानकारी गराउनुभएको छ ।  प्रधानमन्त्री  ओलीले नाम

प्युठान बस दुर्घटना : घाइतेको पहिचान खुल्यो

 प्युठानमा रात्री बस पल्टिँदा ज्यान गुमाएका ५ जनाको पहिचान खुलेको छ । दुर्घटनामा प्युठान रजबाराका हरि मल्ल, प्युठान क्वाडीकी सविता शर्मा, बस चालक