जलवायु परिवर्तन तथा विपद ब्यवस्थापन सम्वन्धी तालिम आज बाट शुरु

पाँचथर,वैशाख २१,
पाँचथरको फिदिममा ५ दिने जलवायु परिवर्तन तथा विपद ब्यवस्थापन सम्वन्धी तालिम आज बाट शुरु भएको छ । तालिमको उद्घाटन फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले गर्नुभएको थियो । 
उद्घाटन पश्चात वोल्दै मेयर नेम्बाङले यो कार्यक्रम अत्यन्तै राम्रो रहेको र आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तर अघि वढाएर लैजानुपर्ने आवश्यकता औल्याउनुभयो । 
त्यसका लागि नगरले सक्दो सहयोग गर्ने उहाँको भनाई थियो । जोखीम न्युनीकरण सम्भाब्यता क्षेत्रको बारेमा अध्ययन,मानवबाट हुने विपद् न्यूनीकरण गर्न के गर्न सकिन्छ ? लगायतका विषयमा ३० जनालाई तालिम दिइराखिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरको आयोजना र फिदिम नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिमको आयोजना गरिएको महासंघ पाँचथरका अध्यक्ष देवी न्यौपानेले बताउनुभयो । 
तालिममा कार्यपत्र प्रस्तुत अध्यक्ष न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रम संचालन फेकोफन पाँचथरका सचिव राजेन्द्र काफलेले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारी,जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतम,हिमशिखर गुल्मका गुल्मपत्ति लोकेन्द्र भट्ट,अनुसन्धान प्रमुख संजीब प्रधान लगायतको उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान

खडेरी प्रभावितलाई दशैँको मुखमा राहात प्रदान पाँचथर,असोज २६, चाडपर्वको बेला सुक्खा क्षेत्र प्रभावित पाँचथरको तुम्बेवा गाउँपालिकाका खडेरी प्रभावित

SITENAME

नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको पाटी कार्यालय उद्घाटन

पाँचथर,असोज २४, नेपाल कम्यूनिष्ट पाटी जिल्ला कार्य समिती पाँचथरको सदरमुकाम फिदिममा आज पाटी कार्यालय उद्घाटन गरिएको छ ।  तत्कालिन नेकपा एमाले र

SITENAME

चाडपर्वलाई लक्षित गरी संचालन गरिएको यात्रु सहायता कक्ष स्थापना भएपछि यात्रुलाई सहज

पाँचथर,असोज २३, चाडपर्वको समयमा यात्रुहरुलाई सहज होस् भन्ने उदेश्यले पाँचथरको सदरमुकाम फिदिममा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहायत कक्ष