चर्चामा प्रदेश १ को राजधानी इटहरी सार्ने विषय

प्रदेश नम्बर एकको राजधानी सुनसरीको इटहरीलाई बनाउने विषयले एकाएक चर्चा पाएको छ ।  अस्थायी मुकाम रहेको विराटनगरलाई नै स्थायी राजधानी बनाउने बारेमा छलफल चलिरहेका बेला राजधानी इटहरी सार्न मुख्यमन्त्री शेरधन राई र केही मन्त्री नै गोप्य रुपमा लागेको भन्ने खबर आएपछि यसले चर्चा पाएको हो ।
 
विराटनगरलाई नै स्थायी राजधानी कसरी बनाउन सकिन्छ भन्ने विषयमा विराटनगरमा नागरिक समाज, विभिन्न संघसंस्था, उद्योगीलगायतले छलफल बढाइरहेका बेला  मुख्य मन्त्री राईसहित केही मन्त्रीले प्रदेश राजधानी इटहरीमा सार्न खोजेको कुरा सार्वजनिक भएको हो । 

नेपालको मुुख्य राजनीति, आर्थिक सहरको रुपमा रहेको विराटनगरमा राजधानीका लागि प्रशस्त उपयुक्त पूर्वाधार भएकाले अब चाडैँ स्थायी राजधानी विराटनगरलाई नै बनाउनु पर्ने नागरिकहरुको  माग छ ।

यस्तै, एक नम्बर प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले  राजधानी सार्ने हल्ला प्रदेश सरकारलाई असफल बनाउने प्रयास रहेको बताउनुभएको छ । राजधानी तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले सरकारले चाहँदैमा राजधानी नतोकिने भएकाले यो विषयमा आएका कुरा हल्ला मात्र भएको उहाँको दावी छ । (उज्यालो)

प्रतिकृया दिनुहोस
SITENAME

अमेरिकाको मेरिल्याण्डमा भएको गोलीकाण्डमा पर्वतकी ४५ वर्षीया गिरीको ज्यान गयो

 अमेरिकाको मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा बिहीबार भएको गोली काण्डमा ज्यान गुमाउने ४ जनामध्ये एक जना नेपाली महिला भएको प्रहरीले जनाएको छ ।

SITENAME

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको

SITENAME

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस पाँचथर,असार २, गत जेष्ठ २५ गते सरकारले संघ संस्थाहरुलाई नियन्त्रण गर्ने