यातायात व्यवसायीले भने, ‘सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार छौँ’

सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि यातायात व्यवसायीले वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको बताएका छन् । यातायातव्यवसायीहरुको छाता संगठनहरु गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदे मागलाई सुझावका रुपमा प्रस्तुतगर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका हुन् । 

बुधबार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा यातायात व्यवसायभित्र भएका नराम्रा पक्षहरु सुधार गर्न आफूहरु तयार रहेको बताउँदै व्यवसायीहरुले सरकारसँग वार्तामा बस्न तयार रहेको बताए । 

सरकारले यातायातव्यवसायी संघ संस्थालाई असार मसान्त पश्चात नविकरण नगर्ने निर्णय गरेको हुँदा यो अवधि भित्र नविकरणको व्यवस्था मिलाउने माग १३ बुँदे सुझाबको पहिलो नम्बरमा समेटिएको छ । संयुक्त विज्ञप्तीमा यातायातप्राधिकरण गठन गरी दर्ता प्रक्रियामार्फत संचालन गराउन पनि सुझाव दिइएको छ । (उज्यालोबाट)

प्रतिकृया दिनुहोस
SITENAME

अमेरिकाको मेरिल्याण्डमा भएको गोलीकाण्डमा पर्वतकी ४५ वर्षीया गिरीको ज्यान गयो

 अमेरिकाको मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा बिहीबार भएको गोली काण्डमा ज्यान गुमाउने ४ जनामध्ये एक जना नेपाली महिला भएको प्रहरीले जनाएको छ ।

SITENAME

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको

SITENAME

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस पाँचथर,असार २, गत जेष्ठ २५ गते सरकारले संघ संस्थाहरुलाई नियन्त्रण गर्ने