जिल्लाकै सर्बाधिक पुरस्कार राशीको कुम्मायक–कुस्सायक गोल्डकप वैशाख २० देखि हुने

SITENAME

सन्देश सुब्बा (फिदिम) जिल्लाकै सर्बाधिक पुरस्कार राशीको कुम्मायक–कुस्सायक गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो संस्करण २० वैशाखदेखि हुने भएको छ । आयोजक रानीगुफा सेवा समाज कुम्मायक गाउँपालिका–१, ले बुधबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २६ वैशाखमा सम्पन्न हुने जनाएको हो । 

 

धार्मिक महत्वको स्थल कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा प्रत्येक तीन–तीन वर्षमा लाग्ने ऐतिहासिक तङसुम तङनाम त्रिशाली पूजा तथा मेलाको अवशरमा प्रतियोगिता आयोजना गरिंदै आएको छ । गोल्डकपको दोस्रो संस्करणमा मोरङ ११, सुनसरी ११, चर्च ब्वाइज क्लव काठमाण्डौं, भारतको कञ्चनजंघा फुटवल क्वल, ताप्लेजुङ फुटवल क्लव र आयोजक रानीगुफा सेवा समाज गरी आठ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको बिजेताले ट्रफि सहित नगद तीन लाख ११ हजार १११ रुपैंयाँ र उपबिजेताले ट्रफि सहित नगद एक लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक संस्थाका सचिव टंक पौडेलले बताए । 

 

प्रतियोगिता यासोक स्थित पृथ्वी माविको खेलमैदानमा सञ्चालन हुनेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ् दि म्याचलाई नगद पाँच हजार, प्रतियोगिताको उत्कृष्ठ खेलाडिलाई नगद १५ हजार, सर्बाधिक गोलकर्तालाई नगद दश हजार र उत्कृष्ठ गोलरक्षक, डिफेन्स, मिडफिल्डर, प्रशिक्षक र उदयीमान खेलाडिलाई पाँच–पाँच हजार रुपैंयाँ प्रदान गरिने आयोजक संस्थाका खेलकुद संयोजक शिव लाओतीले जानकारी दिए ।

 

सदरमुकाम फिदिममा यहीं २५ चैत देखि पाँचथर गोल्डकपको दोस्रो संस्करण समेत सुरु हुँदैछ ।

प्रतिकृया दिनुहोस
SITENAME

समूह विजेता बन्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा, बँगलादेश २–० ले पराजित

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइलनमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई दुई शून्यले हराउँदै नेपाल समूह विजेता बन्दै

SITENAME

पाँचथरको फालेलुङ ८ अकाशेमा जारि फुटवल प्रतियोगिता आज सात खेल सम्पन्न

उपेन्द्र येक्तेन (फिदिम) पाँचथरको फालेलुङ गाउपालिका–८ अकासेमा जारि पुरुष नकआउट फुटवल प्रतियोगितामा आज ७ खेल सम्पन्न भएको छ । दोस्रो चरण अन्तर्गतको

SITENAME

अकाशेमा जारि फुटवल प्रतियोगितामा ६ खेल सम्पन्न

उपेन्द्र येक्तेन (फिदिम) पाँचथरको फालेलुङ गाउपालिका–८ अकासेमा जारि पुरुष नकआउट फुटवल प्रतियोगितामा आज ६ खेल सम्पन्न भएको छ । पहिलो खेलमा नाम्साङ