नवजात शिशु तथा बालरोग एकिकृत व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सुरु

दीपक दुलाल (फाल्गुनन्द) जिल्लाको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडा स्वस्थ्य चौकीमा समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकिकृत व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सोमबार देखि सुरु भएको छ ।


तालिममा नवजात शिशुको स्याहार सुसार तथा प्रमुख बालरोगको एकिकृत रुपमा व्यबस्थापन गर्ने विषयमा छलफल भइरहेको छ । फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको तालिम नेपाल जनउद्धार संघ पाँचथरको साझेदारीमा सञ्चालित सुआहारा–२ कार्यक्रमले आयोजना गरेको हो ।


महिला स्वस्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको हो । तालिमको सहजीकरण  स्वास्थ्य चौकी नवमीडाँडाका इन्चार्ज दीपा तामाङ र अनमि सुलोचना आङ्देम्बेले गरिरहेका छन् । 
 

प्रतिकृया दिनुहोस
SITENAME

हिलिहाङ गाउँपालिकाको गाउँ सभा सम्पन्न,नीति तथा कार्यक्रम यस्तो छ ,

जितेन्द्र भण्डारी÷ पाँचथर,साउन १, “गाउँ—गाउँमा सिंहदरबार,टोल टोलमा हिलिहाङ सरकार” भन्ने नाराका साथ पाँचथरको हिलिहाङ गाउँपालिकाको तेस्रो

कुमायक गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न,पालिकाको निती तथा कार्यक्रम र बजेट यस्तो छ 

पाँचथर,साउन १, पाँचथरको कुमायक गाउँपालिकाको तेस्रो गाउँसभा आइतबार सम्पन्न भएको छ । सभालाई प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्रि

SITENAME

फाल्गुनन्द गाउँपालिकाको तेस्रो गाउँ सभा सम्पन्न,प्रदेश १ लाई समृद्धि बनाएर छोड्ने — अर्थमन्त्री आङवो 

पाँचथर,असार ३१, फाल्गुनन्द गाउँपालिकाको तेस्रो गाउँ सभा शनिबार सम्पन्न भएको छ ।  गाउँसभालाई सम्वोधन गर्दे प्रदेश नम्बर १ का आर्थिक मामिला तथा