भोटे कुकुरको छाउराबाट आम्दानि लिंदै ग्वाला

SITENAME

इगल संवाददाता (फालेलुङ) जिल्लाको उच्च पहाडि क्षेत्रमा पुस्तौंदेखि गोठ बस्दै आएका ग्वालाहरुले गोठमा पाल्ने भोटे कुकुर आम्दानिको स्रोत बन्दै गएको छ । गोठको सूचना संवाहक र सुरक्षागार्डको रुपमा पालिने भोटे कुकुरको छाउरा बेचेर ग्वालाहरुले राम्रो आर्थिक उपार्जन गरिरहेका हुन् । उत्तरपूर्वी पाँचथरको फालोट क्षेत्रमा गोठ बस्ने प्रचलन छ ।


फालोट क्षेत्रमा करीब तीन दर्जनको हाराहारीमा रहेका प्रत्येक गोठमा भोटे कुकर पाइन्छन् । हरेक गोठमा भाले–पोथी जातका भोटे कुकुर पाल्ने ग्वालाहरुले वर्षेनी छाउरा उत्पादन गरी महङ्गो मूल्यमा बिक्री गर्दै आएका छन् । भोटे कुकुरको एउटा छाउरा १६ हजारमा बिक्री गर्दै आएको फालेलुङ गाउँपालिका–४, चाररातेका ग्वाला छबिलाल राईले बताए ।


उनका अनुसार भारतको सिक्किम–दार्जिलिङ सँगै नेपालको इलाम, झापा, मोरङ, सुनसरी र काठमाण्डौं सम्मका मानिसले भोटे कुकुरको छाउरा खरिद गरि लाने गरेका छन् । हेर्दा ठूलो र भुक्दा वरिपरि थर्किने गरी ठूलो स्वरमा भुक्ने भोटे कुकुर ग्वालाहरुले गोठको सुरक्षाको लागि पाल्ने गर्दछन् ।


मानिस नभएको समयमा कुकुरले नै गोठको सुरक्षा गर्ने चाररातेकै भीममाया याङ्मा राईले बताइन् । ‘राती गोठमा बिगार गर्न जङ्गली जनावर आएको जानकारी पनि कुकुरले नै दिन्छ’ उनले भनिन् ‘सिजन अनुसार एक ठाउँदेखि अर्को ठाउँ गोठ सर्नुपर्छ त्यो बेला कुकुरले नै चौरी गाईलाई गन्तब्य सम्म डो¥याउँछ ।’


भोटे कुकुर घरपालुवा जनावर भए मानिस जस्तै चतुर अनि इमानदार हुने ग्वालाहरु बताउँछन् । फालोट घुम्न आउँने पर्यटक उनै कुकुरबाट मोहित भएर खरिद गरिलाने छविलालले सुनाए । छाउरा खरिद गर्नेहरुको संख्या बढेपछि अहिले जन्मिनुपूर्व नै मोबाइल फोन मार्फत अर्डर गर्नेहरुको संख्या समेत बढ्दै गएको छ ।  छाउरा बिक्री गरी ग्वालाहरुले वार्षिक न्यूनतम ५० हजारदेखि डेढ लाख रुपैंयाँ सम्म आम्दानी गर्ने गरेका छन् । 


ग्वालाहरुले गोठ र चौरीको सुरक्षार्थ अनिबार्य भोटे कुकुर पाले पनि अन्यले भने शौखको रुपमा पाल्नलाई खरिद गरेर लाने गरेको भीममायाले बताइन् । उनका अनुसार बिशेष गरी समुन्द्री सतहदेखि २२ सय मिटरभन्दा माथिको उचाइमा पाल्न उचित मानिने भोटे कुकुर कम उचाइका ठाउँमा पनि शौखको लागि पाल्नेको संख्या बढ्दै गएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरले दियो सवै वडाका महिलाहरुलाई अचार बनाउने तालिम

पाँचथर,जेठ २९, स्थानिय स्रोत साधनलाई उपयोग गरी अचार बनाई कृषिजन्य उत्पादनको बजारीकरण गर्ने उद्धेश्यले पाँचथरको फिदिम नगरपालिकाले नगरपालिका भित्रका

SITENAME

समयमै आयोजनाको काम नसक्ने निर्माण ब्यवसायिलाई कानुनी दायरमा ल्याउन सरोकारवालाको माग

हेलचेक्रयाई गरी समयमै आयोजनाको काम नसक्ने निर्माण ब्यवसायिलाई कानुनी दायरमा ल्याउन सरोकारवालाको माग जितेन्द्र भण्डारी÷ पाँचथर,जेठ १६, उन्नति

SITENAME

दीपक नेपाल नेतृत्वको प्यानललाई जिताउन आधा दर्जन पाटीले सहयोग गर्ने

पाँचथर,जेठ ५, उद्योग वाणिज्य संघ पाँचथरको ११ औ अधिवेशनमा दीपक नेपालको प्यानललाई जिल्लाका आधा दर्जन पाटीले सहयोग गर्ने भएका छन् ।  नेपाली