नबिल र एसबीआईले बेतन कर्णालीको २५ अर्ब ऋण जुटाउने

SITENAME

काठमाडौं । बेतन कर्णली जलविद्युत् आयोजनाको लागि नबिल बैंक र एसबीआई बैंकले अन्य बैंकसँग सहकार्य गरी आंशिक लगानी जुटाउने भएका छन् । यी दुई बैंकको नेतृत्वमा आायेजनका लागि आवश्यक ४९ अर्ब रुपैयाँ ऋणमध्ये २५ अर्ब रुपैयाँ जुटाइने भएको हो ।

बिहीबार आयोजित एक कार्यक्रममा २५ अर्ब रुपैयाँ स्रोत जुटाउन कर्मचारी सञ्चय कोष, नबिल बैंक र एसबीआई बैंकबीच सम्झौता भएको छ । सम्झौतामा कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रशाशक,दीपक रौनियार, नेपाल एसबीआई बैंकका प्रबनध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरे ।

समझदारीपत्रअनुसार यी दुई बैंकले बैकिङ सहवित्तीयकरण समूह गठन गरी ऋण व्यवस्थापन गर्नेछन् । परियोजनाका लागि वित्तीय स्रोत जुटाउने जिम्मेबारी कमृचारी सञ्चय कोषले पाएको छ । 

आयोजनाका लागि करिब ७० अर्ब रुपैयाँ कूल लागत आवश्य रहेको छ । जसमध्ये २१ अर्ब रुपैयाँ सेयर पुँजीबाट उठ्ने भएपनि बाँकी ४९ अर्ब रुपैयाँ ऋण व्यवस्थापन गर्नुपर्ने हुन्छ । विस्तृत परियोजना प्रतिवेदनपछि मात्र कूल लागत निश्चित हुनेछ । आयोजनामा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको अधिकांश सेयर लगानी रहेको कोषले जनाएको छ ।
बृतन कर्णली जलविद्यूत् आयोजना सुर्खेतको बेतन भन्ने स्थानमा अवस्थित छ । कम लागतमा विद्युत् उत्पादन गर्नेलक्ष्य अनुसार आयोजना साढे ५ लाख सञ्चयकर्ता कर्मचारीको योगदानबाट निर्माण सुनिश्चित रहेको कर्मचारी सञ्चय कोषले जनाएको छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बेतन कर्णली सञ्चयकर्ता हाइड्रपावर कम्पनीका अध्यक्ष तथा कर्मचारी सञ्चयकोषका सञ्चालक प्रा. डा. डिल्लीराज शर्मालगायत दुई बैंकका उञ्चपदस्थ कर्मचारीहरुको उपस्थिति थियो । 

बेतन कर्णली जलविद्यूत् कम्पनीको अधिकृत पुँजी २० अर्ब र जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । जसमा कोषमा रकम जम्मा गर्ने कर्मचारीको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसैगरी कर्मचारी सञ्चय कोषको २५ प्रतिशत, नेपाल विद्यूत् प्राधिकरणको १० प्रतिशत, विद्यूत् उतपादन कम्पनीको १० प्रतिशत र बााकी २५ प्रतिशत सर्वसाधारण, आयोजना प्रभावित जिल्ला रअति विपन्न परिवारको सेयर स्वामित्व रहनेछ ।

प्रतिकृया दिनुहोस
SITENAME

आलु महोत्सवमा ८० लाखको कारोवार

पोखरा - कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको आलुको कारोवार भएको छ। महोत्सवको ५२

SITENAME

१६ वर्षपछि विद्युत् प्राधिकरण डेढ अर्ब नाफामा

आर्थिक वर्ष २०५७-०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण आव २०७३-०७४ मा भने नाफा कमाउन सफल भएको छ । २०६७-०६८ मा २७ अर्ब घाटा अपलेखन

SITENAME

भोटे कुकुरको छाउराबाट आम्दानि लिंदै ग्वाला

इगल संवाददाता (फालेलुङ) जिल्लाको उच्च पहाडि क्षेत्रमा पुस्तौंदेखि गोठ बस्दै आएका ग्वालाहरुले गोठमा पाल्ने भोटे कुकुर आम्दानिको स्रोत बन्दै गएको छ ।