च्याब्रुङको बिषयमाथि चलचित्र ‘केः’ निर्माण

SITENAME

इगल संवाददाता (फिदिम) एक लिम्बू घर एक च्याब्रुङ निर्माणको अभियानमा रहेका केःलाङ अभियान मञ्चका अध्यक्ष निङ्वासो लिम्बूलाई च्याब्रङ बनाइरहेको अवस्थामा गाईको छाला सँगै प्रहरीले गिरफ्तार गर्छ । गाउँभरी तनाब सिर्जना हुन्छ । सबै गाउँले त्रसित हुन्छन् ।

भर्खरै छायाङ्कन सम्पन्न भएको लघु चलचित्र ‘केः’ को कथा यसरी अगाडि बढ्छ । ‘लिम्बू जातिको मौलिक बाजा केः ९च्याब्रुङ० बनाउँदा अनिबार्य चाहिने गाई वा गोरुको छाला र गाई–गोरु मार्न नपाइने कानुनी प्रावधानको वरिपरि घुमेको छ केः को कथा’ चलचित्रका लेखक÷निर्देशक सागर केरुङले भने ।

माता पाथीभरा फिल्मस् प्रा।लि।को ब्यानरमा टाइसन केरुङले निर्माण गरेको लघु चलचित्र ‘केः’ मा आदिबासी जनजातिको संस्कृतिमाथि राज्यले गरेको दमनलाई मूख्य बिषय बनाइएको छ । पाँचथरको सिलौटी, लब्रेकुटि, ओदेन, फिदिम बजार, गढी र थाक्ले लगायतका स्थानमा यसको छायाङ्कन गरिएको प्रस्तुतकर्ता बुद्धराज लिम्बूले बताए ।

४५ मिनेटको चलचित्रको छायाङ्कन सञ्जय आचार्य र ड्रोन अपरेटिङ मेघराज मगरातीले गरेका छन् । सन्देश सुब्बाको सह–निर्देशन र डिआर हाङसरुम्बाको मूख्य सह–निर्देशन रहेको चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, मन कुमार केरुङ, प्रेम ओझा, रुपा आङबुहाङ, सुक्मिता केरुङ, शुदर्सन थेबे ९आरके०, दीपक खनाल, कमल घिमिरे, संघर्ष खतिवडा, अस्सरा न्यौपाने र संगीता लाओती लगायतको अभियन हेर्न सकिनेछ ।

सात लाख लागतमा निर्माण भइरहेको चलचित्रलाई आगामी जेठ सम्ममा रिलिज गरिने निर्माता टाइसन केरुङले बताए ।


 

प्रतिकृया दिनुहोस
SITENAME

गोरी नहुँदा गुम्यो फिल्म

मुम्बई – हलिउडमा रंगभेद र जातीय भेदभाव अस्तीतत्वहिन भएको ८० वर्ष पुगे पनि समय समयमा कलाकारहरु यसको सिकार बन्दै आएका छन् । बलिउडबाट हलिउडमा छलाङ

SITENAME

सांसदले नै दिए चलचित्र विकास बोर्डलाई मुद्दा हाल्ने चेतावनी

सांसद् तथा एमाले नेता रामवीर मानन्धरले चलचित्र विकास बोर्डविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । बुधबार अपरान्ह विकास बोर्ड पुगेका मानन्धरले

SITENAME

लालिगुराँस आइडलका लागी बसन्तपुर बाट चार जना छनौंट

टीआर सेनेहाङ (तेह्रथुम) लालिगुराँस आइडलका लागि बसन्तपुर बजारबाट चार जना प्रतिस्पर्धी छनौंट भएका छन् । ‘लालिगुराँस नगरपालिकाको सांगीतिक अभियान, लोक