वडामै पुगरे फिदिम नगरपालिकाले दियो जेष्ठ नागरिकलाई औषधी उपचार बापत्तको रकम

SITENAME

पाँचथर,मंसिर २०,
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ९  लुम्फाबुङका ८० वर्ष पार गरेका जेष्ठ नागरिकलाई फिदिम नगरपालिकाले औषधी उपचार बापत्त ५ हजार रुपैया रकम प्रदान गरेको छ । 
बिहिबार आयोजित एक कार्यक्रमका वीच फिदिम नगरपालिका प्रमुख ओनाहाङ्ग नेम्बाङ्गले जेष्ठ नागरिकको हात्तमा औषधी उपचार बापत्तको ५ हजार रुपैयाका दरले ३७ जनालाई वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले जेष्ठ नागरिकको औषधी उपचार बापत्तको रकम निरन्तर रुपमा दिने बताउनुभयो । यस्तै दीर्घरोगी अन्र्तगत किड्नी,मुटु र क्यान्सर रोगीका लागि १० हजार देखी २० हजार रुपैया सम्म नगरपालिकाले उपलब्ध गराइरहेको उहाँले जानकारी गराउनुभयो । रकम पाएपछि जेष्ठ नागरिकहरु हर्षित भएको वडा सचिव विनय रम्तेलले बताउनुभयो । 
एकल महिलाहरुलाई चिसो समय बाट वच्नका लागि मानव अधिकारका लागि एकल महिला समूहले ७८ जना एकल महिलाहरुलाई ब्लान्केट र प्रमाणपत्र समेत वितरण गरिएको समूहका अध्यक्ष सरस्वती रिलालले बताउनुभयो । 
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा फिदिम वडा नम्बर ९ का वडाअध्यक्ष बालकृष्ण लावतीले जेष्ठ नागरिकको हक हितको पक्ष र जनताको विकाश र समृद्धिको पाटोमा निरन्तर काम गर्दे जाने बताउनुभयो । कार्यक्रममा बोल्दै वडा सदस्य गंगा राईले वडामा भएका जेष्ठ नागरिक,एकल महिला,अपांग,दलितलाई प्राथामिक्तामा राखेर काम गर्दे आएको वडा सदस्य गंगा राईले बताउनुभयो । 
कार्यक्रममा नेपाली काग्रेस वडा सभापति लिला बहादुर राई,संघिय समाजवादी फोरमका तिलकराम आङदेम्बे,पूर्व गाविस अध्यक्ष आशराज लावती,लुम्फाबुङ माविका प्रअ विरेन्द्र लावती लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।