तरुण दलले वुझायो ज्ञापन पत्र 

SITENAME


इगल सम्वाददाता (फिदिम) सरकारका पछिल्ला गतिविधीको विरोध गर्दै नेपाली कांग्रेसको भात्रृ संगठन तरुण दलले सोमबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारि मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिनुभयो ।

मुलुकमा हत्या, हिंसा, बलत्कार, भ्रष्टाचार र महँगी बढिरहँदा पनि सरकार चुप लागेर बसेको विरोधमा ज्ञापन पत्र बुझाइएको लामाको भनाइ छ । तरुण दलले ज्ञापन पत्रमार्फत बढ्दो हत्या, हिंसा, बलत्कार, भ्रष्टाचार र महँगी नियन्त्रणमा अग्रसर हुन सरकारलाई आग्रह गरेको छ ।
वलात्कार पछि हत्या गरिएकि कञ्चनपुरकि १३ वर्षीया वालिका निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गरि कारबाहि गर्नुपर्ने, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रि लगायतमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने, वायुसेवा निगममा वाइडबडि जहाज खरिदमा देखिएको भ्रष्टाचारको तत्काल छानबिन गर्नुपर्ने लगायतका पाँच बुँदे माग रहेको तरुण पाँचथरका अध्यक्ष सुमन लामाद्धरा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।