मोड्रिचले जित्यो बालोन डी ओरको उपाधि, मेस्सी र रोनाल्डो युग अन्त्य

SITENAME


क्रोयसियाका मिडफिल्डर लुका मोड्रिचले बालोन डी ओरको उपाधि जितेका छन् । फिफा वर्ष खेलाडी समेत बनेका मड्रिचले फाइनलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै उपाधि जितेका हुन् । यसका साथै रोनाल्डो र मेसीको पछिल्लो एक दशकदेखिको राजलाई पनि मोड्रिचले तोडेका छन् ।
विश्वकपमा आफ्नो देशलाई फाइनलसम्म पुर्‍याउनुका साथै रियल मोड्रिचले च्याम्पियन्स लिगको उपाधि दिलाउँदा महत्वपूर्ण योगदान दिएका ३३ वर्षीय मड्रिच सन् २००७ पछि रोनाल्डो र मेसी बाहेक यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । करियरमा पहिलो पटक बालोन डी ओरको उपाधि जितेका मोड्रिचभन्दा अगाडी सन् २००७ मा ब्रजिलियन खेलाडी काकाले यो उपाधि उचालेका थिए । त्यसपछि लगातार १० वर्ष मेस्सी र रोनाल्डोले उपाधिमा कब्जा जमाए ।

मोड्रिचपछि यसपटक रोनाल्डो दोस्रो स्थानमा रहे भने तेस्रो स्थानमा एन्टोइन ग्रिजम्यान र चौथो स्थानमा केलियन एम्बाप्पे रहे । मेस्सी यसपटक पाँचौ स्थानमा रहे । मोड्रिचले कुल सात सय ५३ अंक पाए भने रोनाल्डोले चार सय ७६ र ग्रिजम्यानले चार सय १४ अंक प्राप्त गरेका थिए ।
अवार्ड जितेपछि मोड्रिचले रोनाल्डो र मेसी उत्कृष्ट खेलाडी भएको प्रतिक्रिया दिएका थिए । यस्तै पहिलो पटक महिला विधाको उपाधि नर्वेकी स्ट्राइकर एडा हेगरबर्गले जितिन् । यसैवर्ष देखि यो विधामा महिला तर्फको अवार्ड पनि रोखिएको थियो । कोपा ट्रफि अवार्ड केलीयन एम्बाप्पेले हात पारे । अहिलेसम्म यो अवार्ड रोनाल्डोले ५ पटक र मेस्सीले पनि पाँच पटक जितेका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

जोरपोखरीमा आयोजित फुटवल प्रतियोगिताको उपाधि फिदिम स्पोर्टिङको पोल्टामा

इगल सम्वाददाता (हिलिहाङ) वाला चतुरदर्शि मेलाको अवसरमा पाँचथरको जोरपोखरी वजारमा सम्पन्न फुटबल  प्रतियोगिताको उपाधि फिदिम स्र्पाेटिङ क्लव पाँचथरले

SITENAME

फाल्गुनन्द गोल्डकपको १० औँ सँस्करण पुष २१ देखि सञ्चालन हुने

इगल सम्वाददाता (फिदिम) १६ औँ राष्ट्रिय विभुती फाल्गुनन्द लिङदेनको सम्झाना पाँचथरको सदरमुकाम फिदिममा विगत १० वर्षदेखि सञ्चालन हुदैं आएको पुर्वको

SITENAME

घुर्बिसे पञ्चमि गोल्डकपको उपाधि फाक्तेपको पोल्टामा

मंसिर ९, पाँचथर इगल सम्वाददाता (फाल्गुनन्द) पाँचथर फाल्गुनन्द गाउपालिकाको केन्द्र घुर्बिसे  पञ्चमिमा सम्पन्न घुर्बिसे पञ्चमि गोल्डकप फुटवल