पाँचथरमा ६ जना एचआईभी संक्रमित,२ जनाको मृत्यु

SITENAME

पाँचथर,मंसिर १५,
३१ औ विश्व एडस दिवश विविध कार्यक्रम गरेर मनाइरहँदा पाँचथरमा अहिले ६ जना एचआईभी संकक्रमित रहेको पाइएको छ । 
स्वास्थ्य कार्यालय पाँचथरको तथ्याङक अनुसार ४ जना पुरुष र २ जना महिलाहरु एचआईभी संक्रमित रहेको पाइएको हो । उनीहरुले निरन्तर औषधी सेवन गरिरहेको जिल्ला अस्पताल पाँचथरका प्रमुख बुद्धिबहादुर थापाले जानकारी दिनुभयो । 
यस्तै एचआईभी संक्रमित २ जना पुरुषको भने मृत्यु भइसकेको छ । विश्व एड्स दिवशको अवसर पारेर पाँचथरको फिदिममा फिदिम नगरपालिकाको आयोजनामा निबन्ध प्रतियोगिताको आयोजना गरिएको थियो ।
 एचआईभी एड्समा स्वास्थ्य स्वयम सेविकाको भूमिकाको विषयमा गरिएको निबन्ध प्रतियोगितामा फिदिम २ की स्वास्थ्य स्वमसेविका रमा पौडेल प्रथम हुनुभएको छ ।
 यस्तै द्धितिय,तृतिय र सान्तावनामा क्रमश बिष्णु श्रेष्ठ,शुशीला तामाङ,र पवित्रा चापागाई हुनुभएको छ । कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम उपाध्याय,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बुद्धिबहादुर थापा,इगल एफ.एमका स्टेशन म्यानेजर जितेन्द्र भण्डारी लगायतले बोल्दै एच.आई.भी.एडस लाई निरन्तर जनचेतनामूलक कार्यक्रम गरिरहनुपर्ने बताउनुभयो । 
कार्यक्रको औचित्य बारे फिदिम नगरपालिका अन्र्तगत जिल्ला स्वास्थ्य कार्यालयका संयोजक मचिन्द्र बस्नेतले प्रकाश पार्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।