फिदिम नगरपालिका वडा नम्बर १२ सरसफाई उन्मुख वडा घोषणा

SITENAME

पाँचथर,मंसिर १४,
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १२ लाई आज आयोजित एक कार्यक्रमका वीच सरसफाई उन्मुख वडा घोषणा गरिएको छ ।
हामी सवैको एउटै रहर पूर्ण सरसफाई उन्मुख गाउँ शहर भन्ने मूल नाराका साथ फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले उक्त वडालाई सरसफाई उन्मुख वडा घोषणा गर्नुभएको हो । 
उक्त कार्यक्रममा बोल्दै उहाँले यो अन्यन्तै सह्रानिय कार्य रहेको बताउँदै बाँकी सवै वडालाई सरसफाई युक्त वडा बनाउने बताउनुभयो । विकाश एकैपटकमा नहुने भन्दै क्रमश विकाश र समृद्धिको कार्यमा नगरपालिका निरन्तर अघि वढिरहने उहाँले बताउनुभयो ।
 कार्यक्रममा नेकपाका नेता तिवेन्द्रराज चापाई,नेपाली काग्रेस पाँचथर जिल्ला उपसभापति मित्र प्रसाद काफ्ले,फिदिम १० का वडाअध्यक्ष बिरहाङमा थाम्सुहाङ, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पाँचथरका उपसभापति आनन्द प्रसाद बास्कोटा लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो । 
कार्यक्रमको औचित्यमाथि सरसफाई अनुगमन समिती संयोजक पुण्य प्रसाद दुलाले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बोल्दै फिदिम नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष प्रेमनारायण आचार्यले यस वडालाई अहिले तत्काल सरसफाई उन्मुख वडा घोषणा गरिएपनि विस्तारै सरसफाई युक्त वडा घोषणा गरिने बताउनुभयो । कार्यक्रममा सरसफाई उन्मुख वडा घोषणा गर्न सहयोग गर्नुहुने विभिन्न महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।