फाल्गुनन्द गोल्डकपको १० औँ सँस्करण पुष २१ देखि सञ्चालन हुने

SITENAME

इगल सम्वाददाता (फिदिम) १६ औँ राष्ट्रिय विभुती फाल्गुनन्द लिङदेनको सम्झाना पाँचथरको सदरमुकाम फिदिममा विगत १० वर्षदेखि सञ्चालन हुदैं आएको पुर्वको प्रतिष्ठित पाँचथर जिल्लाको सर्वाधिक पुरस्कार राशिको आमन्त्रित फाल्गुनन्द गोल्डकप फुटबल  प्रतियोगिताको १० औँ सँस्करण आगामि पुष २१ गते देखि  सञ्चालन हुने भएको छ ।

गोल्डकप पुष २१ देखि ३० गते सम्म स्थानिय फिदिम माविको खेलमैदानमा सञ्चालन हुने आयोजक फिदिम स्र्पाेटिङ क्लवले वुधबार पत्रकार सम्मेलन गरि जानकारि गराएको छ  ।
अघिल्लो सँस्करणसम्म फिदिम स्र्पाेटिङ क्लवले आयोजना गर्दै आएको प्रतियोगिता यसवर्ष भने पाँचथर जिल्ला फुटवल संघसँगको संयुतm आयोजनामा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले आकर्षक ट्रफि सहित नगद ४ लाख प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ । गोल्डकपको अघिल्लो सँस्करण भन्दा पुरस्कार राशि पनि वृदि गरिएको छ । अघिल्लो वर्षको विजेताले ३ लाख रुपैँया पाएकोमा यसवर्ष १ लाख थप गरि लाख बनाइएको हो ।

यस्तै विधागत तर्फ वेष्ट गोलकिपर, वेष्ट डिफेन्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदयीमान खेलाडि र प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनहि १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । वेष्ट कोच र सर्वाधिक गोलकर्ताले नगद १५ हजार रुपैँया पाउनेछ  ।
पाँचथरको सान, महागुरु फाल्गुन्दको नाम भन्ने नाराका साथ आन्तरिक तथा वाह्रय पर्यटन  गर्ने उदेश्यले सञ्चालन हुने प्रतियोगिताको उत्कष्ट खेलाडिले यामाहाको मोटर साइकल पाउनेछ ।

रुष्लानको मुख्य प्रायोजन रहने प्रतियोगिताको अनुमानित लागत ५२ लाख, ७२ हजार, पाँच सय ८० रुपैँया गरिएको पत्रकार सम्मेलनमा जानकारि गराइएको छ । प्रतियोगितामा हिमालयन शेर्पा क्लव काठमाडौँ, शसस्त्र प्रहरीको एफिएफए क्लव काठमाडौँ, त्रिभुवन आर्मि क्लव काठमाडौँ, व्वाइज युनियन क्लव काठमाडौँ, जावलाखेल युथ क्लव ललितपुर, सुनसरि–११, मोरङ–११, झापा–११, कर्णसिँ सोनाम मेमोरियल क्लव ताप्लेजुङ र आयोजक फिदिम स्र्पाेटिङ क्लव पाँचथर गरि १० टोलिको सहभागिता रहने आयोजक फिदिम स्र्पाेटिङ क्लवका अध्यक्ष विमलकुमार श्रेष्टले जानकारि दिनुभयो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

जोरपोखरीमा आयोजित फुटवल प्रतियोगिताको उपाधि फिदिम स्पोर्टिङको पोल्टामा

इगल सम्वाददाता (हिलिहाङ) वाला चतुरदर्शि मेलाको अवसरमा पाँचथरको जोरपोखरी वजारमा सम्पन्न फुटबल  प्रतियोगिताको उपाधि फिदिम स्र्पाेटिङ क्लव पाँचथरले

SITENAME

 मोड्रिचले जित्यो बालोन डी ओरको उपाधि, मेस्सी र रोनाल्डो युग अन्त्य

क्रोयसियाका मिडफिल्डर लुका मोड्रिचले बालोन डी ओरको उपाधि जितेका छन् । फिफा वर्ष खेलाडी समेत बनेका मड्रिचले फाइनलमा क्रिस्टियानो रोनाल्डो र लियोनल

SITENAME

घुर्बिसे पञ्चमि गोल्डकपको उपाधि फाक्तेपको पोल्टामा

मंसिर ९, पाँचथर इगल सम्वाददाता (फाल्गुनन्द) पाँचथर फाल्गुनन्द गाउपालिकाको केन्द्र घुर्बिसे  पञ्चमिमा सम्पन्न घुर्बिसे पञ्चमि गोल्डकप फुटवल