पाँचथरमा पहिलो पटक राष्ट्रिय परिचयपत्र वितरण सुरु 

SITENAME

पाँचथर,मंसिर ३,

सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । आठ वर्षको गृहकार्यपछि सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरणको थालेको गरेको हो ।  

पांचथर, फिदिमकी १ सय १ बर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरिएको हो । गृहमन्त्री रामबहादुर थापाले फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवती देवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरेर कार्यको शुभारम्भ गर्नुभयो । 

शुभराम्भ गर्दे गृहमन्त्री थापाले यो राष्ट्रिय परिचयपत्र वितरण प्रणालीले नेपालीको समृद्धिको यात्रा समेत शुरुवात भएको बताउनुभयो । विकाश,समृद्धि र सुशानको निम्ति यो परिचयपत्र अन्यन्तै महत्पूर्ण पाटो रहेको उहाँले उल्लेख गर्नुभयो ।
 
वयोबृद्धा भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्यको थालनी भएको थियो । राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन आएका प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले पाँचथर बाट शुरुवात भएको राष्ट्रिय परिचयपत्र चाँडै पाउने तिन करोड नेपाली जनताले पाउने विश्वास ब्यक्त गर्नुभयो । 

सासंद वशन्त कुमार नेम्बाङले पाँचथर बासी अन्यन्तै भाग्यमानी रहेको बताउँदै चाँडै पाँचथर जिल्ला लगायत मुलुकभरका नेपाली जनताले राष्ट्रिय परिचयपत्र पाउने भएको हुँदा सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

 कार्यक्रममा बोल्दै फिदिम नगरका मेयर ओनाहाङ नेम्बाङले राष्ट्रिय परिचयपत्र नागरिकले पाउँदा फिदिम नगर लगायत पाँचथरवासी अन्यन्तै गौरवान्ति भएको बताउँदै सरकारले चाँडै स्थानिय सरकारका समस्याहरुलाई समाधान गर्न कर्मचारी पदपूर्ति गर्न आग्रह गर्नुभयो । गृहसचिव प्रेम कुमार राईले देशका ७७ वटै जिल्लामा यसै वर्षबाट परिचयपत्र वितरणको काम सुरु गरिने बताउनुभयो ।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सरकारले चिप प्रविधिमा आधारित बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र वितरण गरेको हो । 
 यसै आर्थिक बर्षमा प्रदेश नं १ का झापा र संखुवासभा, प्रदेश २ का महोत्तरी र सप्तरी, प्रदेश ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, प्रदेश ५ का कपिलवस्तु र गुल्मी, कर्णली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको थालनी गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ ।
१ लाख १७ हजार परिचयपत्र छाप्न एडिबीले करिब ५५ करोड रुपैयाँ अनुदान दिने छ । यसबाहेक सबै परिचयपत्र सरकारकै बजेटमा छापिनेछ । २०६६÷६७ मा सरकारको नीति तथा कार्यक्रममै राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी योजना समेटिएको थियो । 
२०६७ सालमा गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरिएको थियो । 
प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बो, गृहसचिव प्रेम कुमार राईलगायतका बिशिष्ट व्यक्तित्वहरु समेत उपस्थिति रहेको थियो ।
 
तत्कालका लागि नागरिकता लिएका व्यक्तिलाई मात्र सरकारले राष्ट्रिय परिचयपत्र दिनेछ । पछि सबै नागरिकलाई वितरण गर्ने योजना सरकारको छ । 


 

प्रतिकृया दिनुहोस
SITENAME

पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

पाँचथर,कार्तिक २६, पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको  छ ।  राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले आज सदरमुकाम

SITENAME

दशैमा ससुराली आएका युवकको पोखरीमा डुबेर मृत्यु

(दाङ) दाङको घोराहीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा घर भइ हाल घोराही उप(महानगरपालिका वडा नम्बर(१६, बाहुनडाँडा ससुरालीमा

SITENAME

नक्कली नोटसहित पाँचजना पक्राउ

   (काठमाडौं)  रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ । शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी