पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

SITENAME

पाँचथर,कार्तिक २६,
पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको 
छ ।  राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले आज सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी परिचयपत्र वितरण गर्न लागेको जानकारी गराएको हो ।
 पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक दिपक काफ्लेले आगामी मंसिर ३ गते बाट पाँचथर तथा सिंहदरबारका कर्मचारीहरुलाई परिचयपत्र वितरण गर्न लागिएको बताउनुभयो ।
 उहाँले परिचयपत्र वितरणको उद्घाटन पाँचथर सदरमुकाम फिदिममा प्रधानमन्त्री केपी शर्मा ओली बाट गर्ने, उहाँ आउन असम्भव भए अन्य मन्त्रि ल्याएर उद्घाटन गरेर परिचयपत्र वितरण गरिने बताउनुभयो । 
परिचयपत्र वितरण जिल्ला प्रशासन कार्यालय पाँचथर लगायत अन्य जिल्लाको गाउँपालिकाको विभिन्न वडाको केन्द्रमा गएर गरिनेछ । अहिले सम्म पाँचथरमा ५० हजार ९ सय ५४ जनाको राष्ट्रिय परिचयपत्र वितरण संकलन सकिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले  बताउनुभयो । 
गत असार ५ गते बाट पाँचथरमा परिचयपत्र बनाउन संकलन कार्य शुरु गरिएको र आगामी पौष १५ सम्ममा संकलनको काम सकिसक्ने विभागका महानिर्देशक काफ्लेले बताउनुभयो । पाँचथर र सिंहदरबार पश्चात दोस्रो चरणमा १५ जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य थालिने उहाँको भनाई छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

पाँचथरमा पहिलो पटक राष्ट्रिय परिचयपत्र वितरण सुरु 

पाँचथर,मंसिर ३, सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । आठ वर्षको गृहकार्यपछि सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरणको थालेको

SITENAME

दशैमा ससुराली आएका युवकको पोखरीमा डुबेर मृत्यु

(दाङ) दाङको घोराहीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा घर भइ हाल घोराही उप(महानगरपालिका वडा नम्बर(१६, बाहुनडाँडा ससुरालीमा

SITENAME

नक्कली नोटसहित पाँचजना पक्राउ

   (काठमाडौं)  रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ । शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी