क्यान्सर पीडित तुम्रोकको उपचारार्थ सहयोगको याचना

SITENAME


इगल संवाददाता (पाँचथर) क्यान्सर रोगबाट पीडित फिदिम नगरपालिका–६, याङदीन स्थायी घर भई हाल काठमाण्डौंको जोरपाटी बस्दै आएका पाँच बर्षिय नाबालक नोगेन तुम्रोकको उपचारार्थ उनका अभिभावकले सहयोगको याचना गरेका छन् । 
नोगेनका बाबु देबेन्द्र तुम्रोकले आफ्नो छोरालाई बचाउन सहयोगको अपिल गर्नुभएको हो । न्यूरो ब्लास्टोमा क्यान्सर भएका नाबालक नोगेनको काठमाण्डौंस्थि कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न डाक्टरले उपचार सम्पन्न गर्न करीब ३५ लाख रुपैंयाँ लाग्ने बताएको देबेन्द्रले बताउनुभयो । कमजोर आर्थिक अवस्थाका कारण नोगेनको उपचारमा बिलम्ब भएको छ । क्यान्सर पीडित नाबालकको उपचारका लागि सामाजिक संस्था पापोहाङ तुम्रोक वंश उत्थान संघल समेते ‘नोगेन तुम्रोक बचाऔं’ अभियान सुरु गरेको छ ।

संघका महासचिव गणेश तुम्रोकका अनुसार सामाजिक सञ्जालको माध्यमबाट देश–बिदेशमा रहेका विभिन्न व्यक्तिहरुलाई नोगेनको उपचारार्थ स्वेछिक रुपमा आर्थिक सहयोगको लागि आग्रह गरिरहेको बताउनुभयो ।

नाबालक नोगेनको उपचारार्थ सहयोग गर्न इच्छुकले उनका बाबु देबेन्द्र तुम्रोकलाई ९८१३२६०३५३ र ‘नोगेन तुम्रोक बचाऔं’ अभियानका गणेश तुम्रोकलाई ९८१४९४६५०९ मा सम्पर्क गर्न सकिनेछ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

छुट्टाछुटै मुद्धाका फरार प्रतिबादी पाँचथर प्रहरीद्धरा पक्राउ

चन्द्रकला नेम्बाङ (फिदिम) जिल्ला अदालत पाँचथरबाट बिभिन्न मुद्धा अन्तर्गत बिभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकि फरार रहेका  दुई जना प्रतिबादीलाई

SITENAME

फिदिम नगरपालिकाले निर्माण गरेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण 

पाँचथर,कार्तिक २६, पाँचथरको फिदिम नगरपालिका १ स्थित फाल्गुनन्द चोकमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण गरिएको छ

SITENAME

मुलुकलाई मुक्ति दिलाउन सरकार पुर्ण रुपमा असफल ः अध्यक्ष कमल थापा , राप्रपाको जिल्ला कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

इगल संवाददाता (फिदिम) राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले वर्तमान सरकार संक्रमणकालिन अवस्थालाबाट मुलुकलाई मुक्ति दिलाउन पुर्णरुपमा