‘शीतयुद्ध मानसिकता’ विरुद्ध अमेरिकालाई चिनियाँ राष्ट्रपति जिनपिङको चेतावनी

SITENAME

बीबीसी । चिनियाँ राष्ट्रपति शि जिनपिङले अमेरिकालाई ‘शीतयुद्ध मनस्थिति’ विरुद्ध चेतावनी दिएका छन् भने अर्कोतर्फ आफ्नो देशको अर्थव्यवस्थालाई सहज पार्ने प्रतिबद्धता पनि जनाएका छन् । बोआओ फोरम फर एसियामा भाषण गर्दै जिनपिङले सोमबार यस्तो बयानमार्फत अमेरिकासँगको व्यापार युद्ध अघि नबढाउने संकेत दिएका हुन् ।

यसका साथै उनले गाडीहरुमा लगाइएको आयात शुल्क पनि घटाउने बताउँदै विदेशी फर्मलाई चीनमा लगानी गर्न अनुरोध गरेका हुन् । 

तर सो परिवर्तन कहिलेबाट लागू हुने भन्नेबारे चाहिँ जिनपिङले स्पष्ट जानकारी दिएका छैनन् । अमेरिकासँग हाल चलिरहेको विवादबारे सिधा उल्लेख नगरेपनि जिनपिङले कार्यक्रमभरि त्यसै समस्यामा केन्द्रित रहेर बोलेको बताइएको छ । उनले भने, ‘आजको युगमा ‘शीतयुद्ध मनस्थिति’ को सोच धेरै पुरानो भइसकेको छ र शान्ति तथा सहकारिताको प्रवृत्ति अघि बढिरहेको छ । व्यापारमा कसैको बारेमा नसोचि आफ्नो एकलौटी समुदायमा मात्र केन्द्रित रहँदा त्यसले ठूलो पर्खाल खडा गरिदिन्छ र दुवै पक्षलाई घाटा हुन्छ । त्यसकारण जुनसुकै क्षेत्रमा पनि सोचेजस्तो नतिजा ल्याउन शान्तिपूर्ण विकास र सहयोगले काम गर्नमा जोड दिनुपर्छ ।’

यसअघि ट्रम्पले चिनियाँ सामग्रीमा लगातार शुल्क वृद्धि गराउनुले विश्वमा व्यापार युद्ध निम्त्याउने चिन्ता व्यक्त गरिएको थियो । वास्तवमा वासिङटनले चीनलाई अर्थव्यवस्था सहज बनाउने बचन पूरा गर्न नसकेको आरोप लगाउँदै आएको छ । यसका साथै चिनियाँ बजारमा अन्तराष्ट्रिय कम्पनीकोे पहुँचमा पनि बाधा पुर्याइएको र लगानीकर्तालाई प्राविधिक तथा बौद्धिक सम्पदा सुम्पिन बाध्य बनाइएको भन्दै अमेरिकाले चीन विरुद्धको कारबाही सुरु गरेको थियो ।

त्यसकारण सो भाषणमा जिङपिङले चीनको अर्थतन्त्रमा पारदर्शिताको सुधार हुने बताउँदै बौद्धिक सम्पदा संरक्षणको अधिकार सम्बन्धि पनि उल्लेख गरेका हुन् । वास्तवमा चीनले व्यापार अधिवेशन नचाहेको र आयात वृद्धि गराउँदै अन्तर्राष्ट्रिय भूक्तानीमा सन्तुलन बनाइ राख्न खोजेको जिनपिङको भनाइ छ । तर यसअघि पनि उनले यस्तो वचन दिइसकेको हुनाले चीनले अन्तराष्ट्रिय कम्पनीहरुलाई आफ्नो अर्थव्यवस्थाको पहुँच सजिलै प्रदान गर्नेमा अझै शंका रहेको विज्ञहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस
SITENAME

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्ता

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान

SITENAME

चिनियाँ राष्ट्रपति सी बने विश्वकै शक्तिशाली व्यक्ति

फोर्ब्सले यस वर्ष सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चित्रित गरेको छ । पत्रिकाले हरेक वर्ष प्रकाशित गर्ने

आजीवन जेलमै सड्नेछन् आसाराम बापू

नाबालिग बालिकालाई बलात्कार गरेको मामिलामा जोधपुर अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ ।  आसारामको अलावा