मुलुकलाई मुक्ति दिलाउन सरकार पुर्ण रुपमा असफल ः अध्यक्ष कमल थापा , राप्रपाको जिल्ला कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

SITENAME


इगल संवाददाता (फिदिम) राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले वर्तमान सरकार संक्रमणकालिन अवस्थालाबाट मुलुकलाई मुक्ति दिलाउन पुर्णरुपमा असफल भएको आरोप लगाउनुभएको छ ।

प्रदेश १ र २ को भ्रमणको शिलसिलामा आइतबार पाँचथरको सदरमुकाम फिदिम आइपुग्नुुभएका अध्यक्ष थापाले यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिले भइरहेको संक्रमणकालिन अवस्थालाबाट देशलाई मुक्ति दिलाउन सरकार पुर्णरुपमा असफल भएको भन्दै जनअपेक्षा अनुसार काम गर्न असफल भएको वताउनुभएको हो ।


अध्यक्ष  थापाले सरकारको नितिगत त्रुटिकै कारण मुलुक संक्रमणको  अवस्था सिर्जना भएको र मुलुकमा धार्मिक द्धन्दको सम्भावना देखिएको वताउनुभयो । दुई तिहाइको सरकार भएर पनि जनतालाई परिवर्तनको अनुभुति दिलाउनु नसकेको उल्टै भ्रष्टचार, हत्याहिँसा, वलात्कार जस्ता जघन्य अपराध वढिरहँदा त्यसमा सरकारले प्रभावकारि उपस्थिती जनाउन नसकेको थापाले आरोप लगाउनुभयो ।


कन्चनपुरकी निर्मला पन्त हत्याकान्डको दोषी पत्ता लगाउन असफल भएको र प्रशासन, संवैधानिक अंगलगायत सुरक्षा निकायमा पनि राजनीतिकरण भएको उहाँले जिकिर गर्नुभएको छ । राजतन्त्र सहितको लोकतन्त्रले मात्र देश समृद्ध हुने थापाको तर्क रहेको छ । ‘ ‘विखण्डनकारी शक्तिहरू क्रमश बलिया भइरहेकाले सरकारले चाँडै ध्यान पु¥याउनुपर्ने थापाको भनाई रहेको थियो ।

राप्रपा चाडैँनै मेचि महाकालि स्वाभिमान यात्रा गर्ने र वलियो राष्ट्रियवादि पार्टि निर्माणको लागि विचार मिल्ने पार्टिहरुसँग पार्टि एकताको प्रक्रियापनि वढिरहेको थापाको भनाई रहेको छ ।


यस्तै  राप्रपा पाचथरको आयोजनाममा फिदिममा आइतबार कार्यकर्ता भेटघाट कार्यक्रा सम्पन्न भएको छ । जिल्ला सवन्वय समितीको हलमा सम्पन्न कार्यक्रममा जिल्लाका नेता कार्यकर्ता तथा क्षेत्रिय अध्यक्ष र कार्यकर्ताहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको वताइएको छ ।

कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेन, केन्द्रिय सदस्य भतिप्रसाद सिटौला, केन्द्रिय सदस्य सुनिता कुरुम्बाङ, केन्द्रिय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष तेजकुमार कुरुम्बाङ, केन्द्रिय सदस्य तथा प्रदेश १ का सचिव वासुदेव भटराई,पूर्व मन्त्रि तथा केन्द्रिय सदस्य मानबहादुर जवेगु, केन्द्रिय सदस्य छविरण सुवेदि, केन्द्रिय सदस्य राजाराम बड्तौला, जिल्ला बरिष्ठ नेता कृष्णप्रसाद योङया र शिक्षक महासँघका केन्द्रिय सदस्य विष्णुकुमारि राई लगायतले मन्तव्य राख्नुभएको थियो ।
राप्रपाका पाँचथर जिल्ला उपाध्यक्ष कमला केरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पार्टिका केन्द्रिय उपाध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा पाँचथर जिल्ला अध्यक्ष जगत थपामगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।