याक्थुङहाङ मिडिया प्रालि द्धरा सञ्चालित इगल एफ.एम दशौँ वर्षमा प्रवेश

SITENAME

इगल संवाददाता (फिदिम) याक्थुहाङ मिडिया प्रा.लि.द्धारा संचालित इगल एफ.एम ९९.४ मेगाहर्ज शुत्रबारबाट नवौ वर्ष पार गरी दशाँै वर्षमा प्रवेश गरेको छ । देशमा सञ्चार जगतको तीव्र विकास भईरहेको समय २०६७ कार्तिक १६ गतेबाट प्रशारण आरम्भ भएको इगल एफ.एम. नवाँै वर्ष पार गरी दशौँ वर्षमा प्रवेश गरेको हो ।

बार्षिक उत्सवको अवसरमा एफ.एमले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी वाषिएक उत्सव मनाएको छ । वार्षित्क उत्सवको अवसरमा शुभकामना दिँदै रेडियो सञ्चालक समितीका अध्यक्ष तेज कुमार कुरुम्बाङले एफ.एमलाई यो स्थान सम्म ल्याई पु¥याउनु हुने सम्पूर्ण स्रोतावर्ग, सुवेच्छुक, विज्ञापनदाता, सरकारी गैरसकारी निकाय, कर्मचारी वर्गलाई शुभकामना दिनुभयो ।


यस्तै एफ.एमका उपाध्यक्ष हस्त बहादुर तामाङले शुभकामना दिँदै आगामी दिनमा अझै एफ.एमले विभिन्न क्षेत्रको उत्तरदायित्व बहन गर्न सकोस् आम स्रोतावर्गको ढुकढुकी बन्न सकोस भन्ने शुभकामना ब्यक्त गर्नुभएको थियो ।


वार्षिक उत्सवको अवसरमा शुभकामना दिँदै एफ.एमका स्टेशन म्यानेजर जितेन्द्र भण्डारीले स्रोतावर्ग, शुभेच्छुक र कर्मचारी लगायत सरकारी,गैरसरकारी लगायत निकायको साथ र समर्थन बाटै एप.एम यहाँ सम्म आइपुगेको बताउँदै अझै आगामी दिनमा सम्पूर्ण क्षेत्रको निरन्तर साथ र सहयोगको अपेक्षा गर्नुभएको छ ।


एफ.एमले आफ्नो दैनिक ४ वटा समाचार बुलेटिन, विभिन्न नेटवर्कबाट ७ वटा गरी एघार वटा समाचार बुलेटिन दैनिक प्रशारण गर्दे आएको छ । एफ.एमले राजनितीक, सामाजिक, आर्थिक, स्वास्थ्य शिक्षा, खेलकुद लगायत विविध विषयलाई समेटेर साप्तहिक रुपमा ६० वटा कार्यक्रमहरु प्रशारण गर्दे आएको छ ।

जिल्लामा पृथक पहिचान बनाएको यस एफ.एम.ले आगामी दिनमा पनि सवै क्षेत्र र समुदायलाई समेटेर कार्यक्रम, सुचना र समाचार उत्पादन गर्दै प्रशारण गर्दे जाने वताइएको । 

पाँच सय वाट क्षमताको एफ.एमलाई प्रदेश १ का पाँचथरसहित ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर र सँखुवासभामा रेडियो फ्रिक्वेन्सि ९९.४ मेगाहर्जबाट प्रत्यक्ष रुपमा सुन्न सकिन्छ भने अननाईन रेडियो सेवा www.eaglefm.com.np र विभिन्न एप्लिकेसनबाट विश्वभर अनलाइन मार्फत सुन्न सकिन्छ ।

एफ. एममा एकजना कार्यालय सहयोगि सहित १३ जना कर्मचारि कार्यरत रहेको मेनेजर भण्डारीले वताउनुभयो । फिदिम–१ लखन मार्गमा रेडियो स्टेसन रहेको एफ.एमसँग पर्याप्त ब्याकप रहेको छ भने रेडियो प्रशारणको लागि  सोलार सिस्टम जडान गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।