कृषि क्षेत्रमा कृषकलाई उत्साहित बनाउने कार्यक्रम ल्याउने स्थानिय तहको प्रतिवद्धता

SITENAME


पाँचथर,कार्तिक १४,
पाँचथरको फिदिम नगरपालिका र फालेलुङका जनप्रतिनिधीहरुले आगमी दिनमा निती तथा योजना तर्जुमा गर्दा कृषि क्षेत्रलाई प्राथामिक्ता राख्ने बताएका छन् । पाँचथरको फिदिममा आज अदुवा खेती यसको मूल्य श्रृंखला तथा स्थानिय तहमा नीति निर्माणको लागि लगानी वृद्धि सम्वन्धी नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधीसँग अन्र्तक्रिया कार्यक्रम उनीहरुले यस्तो बताएका हुन् ।
अन्र्तक्रियाको समापन समारोहमा बोल्दै प्रमुख अतिथी फिदिम नगरपालिका उपमेयर उर्मिला प्रधान श्रेष्ठले हिजाको विकाश बाटोमा आजको विकाश माटोमा भन्ने नारालाई आत्मसात गर्दे आगामी दिनमा नगरपालिकाले कृषकलाई उत्साहित हुने किसिमका कार्यक्रमहरु ल्याउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै फालेलुङ गाउँपालिका उपप्रमुख हिमा अधिकारीले ब्यवसायिक रुपमा कृषक सक्रिय हुनुपर्ने भन्दै गाउँपालिकाले कृषकलाई उपलब्ध गराएको अनुदानको सहि सदुपयोग गर्न कृषकहरुलाई आग्रह गर्नुभयो ।
अव अर्गानिक खेतीमा कृषकहरुले जोड दिनुपर्ने बताउँदै उहाँले अर्गानिक खेतीमा जुट्न कृषकहरुलाई आग्रह गर्नुभयो । फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम उपाध्यायले सरकारले कृषकको बनाएको चित्र नै परिवर्तन गर्नेपर्ने बताउनुभयो । अव थोत्रे लुगा लगाएर,फाटेको टोपी लगाएर हलो जोतेको कृषकको चित्र नभएर ब्यवसायिक कृषकको चित्र बनाउनुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो ।
 कार्यक्रममा बोल्दै आयोजक राष्ट्रिय कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलले यस अन्र्तक्रियाले आगामी दिनमा स्थानिय तहका जनप्रतिनिधीले योजना तथा बजेट तर्जुमा गर्दा कृषि क्षेत्रलाई प्राथामिक्ता दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 
कार्यक्रमको सहजीकरण कृषि विज्ञ सहजकर्ता कमलेश तिवारीले गर्नुभएको थियो । कार्यक्रममा फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाका जनप्रतिनिधी तथा अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

छुट्टाछुटै मुद्धाका फरार प्रतिबादी पाँचथर प्रहरीद्धरा पक्राउ

चन्द्रकला नेम्बाङ (फिदिम) जिल्ला अदालत पाँचथरबाट बिभिन्न मुद्धा अन्तर्गत बिभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकि फरार रहेका  दुई जना प्रतिबादीलाई

SITENAME

फिदिम नगरपालिकाले निर्माण गरेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण 

पाँचथर,कार्तिक २६, पाँचथरको फिदिम नगरपालिका १ स्थित फाल्गुनन्द चोकमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण गरिएको छ

SITENAME

क्यान्सर पीडित तुम्रोकको उपचारार्थ सहयोगको याचना

इगल संवाददाता (पाँचथर) क्यान्सर रोगबाट पीडित फिदिम नगरपालिका–६, याङदीन स्थायी घर भई हाल काठमाण्डौंको जोरपाटी बस्दै आएका पाँच बर्षिय नाबालक नोगेन