अवको विकल्पको पाटीको रुपमा राप्रपालाई उभ्याइन्छ—नेता कुरुम्बाङ

SITENAME

पाँचथर,कार्तिक १२,

राष्ट्रिय प्रजातन्त्र पाटीले पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ स्थित सप्तमी बजारमा आइतबार भएको क्षेत्रिय भेलाले नयाँ कार्यसमिती चयन गरेको छ । पविन सुब्बाको अध्यक्षतामा १९ सदस्य नयाँ कार्यसमिती चयन गरेको हो ।

 नवगठित समितीको उपाध्यक्षत्रयमा सुजन चेम्जोङ,मिलन सिङघक, र राजभक्ता आङदेम्बे रहनुभएको छ । यस्तै समितीको सचिमा दिलिप फियाक, प्रवक्ता दल बहादुर खत्री,कोषाध्यक्ष शान्तामाँया तामाङ,सहसचिव गंगा बहादुर राई लगायत रहनुभएको छ ।

 कार्यक्रममा राप्रपाका प्रदेश नम्वर १ का उपाध्यक्ष तथा केन्द्रिय सदस्य तेज कुमार कुरुम्बाङले यो देशमा सात सालदेखि अहिले ७५ साल सम्म ६८ वर्षको समय विकाश र समृद्धिले सोचे अनुरुपको फड्को मार्न नसकेको बताउनुभयो । ३० वर्षको अवधि पंन्चायतको समयमा वितेपनि बाँकी ३८ वर्ष काग्रेस,तथा कम्यूनिष्टहरुले समय गुजारे तर जनताको इच्छा,आङकाछा अनुसारको काम गर्न नसकेको उहाँको भनाई छ ।

अवको यी पाटीहरुको विकल्पको रुपमा राप्रपालाई उभ्याईदिने उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय सदस्य सुनिता कुरुम्बाङ,पाटी जिल्ला अध्यक्ष जगत थापा मगर,उपाध्यक्ष हरि प्रकाश सुवेदी,तुम्वेवा गाउँपालिकाका राप्रपा अध्यक्ष कृष्ण बहादुर भण्डारी,निर्वाचन मण्डल संयोजक तथा नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य बिष्णु कुमारी राई लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

छुट्टाछुटै मुद्धाका फरार प्रतिबादी पाँचथर प्रहरीद्धरा पक्राउ

चन्द्रकला नेम्बाङ (फिदिम) जिल्ला अदालत पाँचथरबाट बिभिन्न मुद्धा अन्तर्गत बिभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकि फरार रहेका  दुई जना प्रतिबादीलाई

SITENAME

फिदिम नगरपालिकाले निर्माण गरेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण 

पाँचथर,कार्तिक २६, पाँचथरको फिदिम नगरपालिका १ स्थित फाल्गुनन्द चोकमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सवैभन्दा अग्लो शालिकको अनावरण गरिएको छ

SITENAME

क्यान्सर पीडित तुम्रोकको उपचारार्थ सहयोगको याचना

इगल संवाददाता (पाँचथर) क्यान्सर रोगबाट पीडित फिदिम नगरपालिका–६, याङदीन स्थायी घर भई हाल काठमाण्डौंको जोरपाटी बस्दै आएका पाँच बर्षिय नाबालक नोगेन